नुवाकोटमा १ व्यक्तिले एम्बुलेन्स रोकिदिदा बिरामीको बाटोमै ज्या न ग यो


एम्बुलेन्सलाई एक व्यापारी युवाले जबर जस्ती रोकेकै कारण नुवाकोटमा १ महिलाको उपचार नपाएर बाटोमै ज्या न ग एको छ । रसुवाको उत्तरगया गाउँपालिका-२ की २५ वर्षीया ईन्द्रकुमारी तामाङलाई बोकेर आएको एम्बुलेन्सले आफ्नो मोटरसाइकललाई छोएको भन्दै मंगलबार साँझ एक स्थानीय युवाले अव रोध गरेका थिए ।

घरमा अक स्मात बि रामी भएर ढले पछि साँझ एम्बुलेन्समार्फत ती महिलालाई तत्कालै नुवाकोट सदरमुकाम विदुरस्थित अस्पताल ल्याउने क्रममा ढुंगे बजारका रामहरि बाजे भनेर चिनिएका व्यापारीका नाती २५ वर्षीय आयुश रिजालले आफ्नो इस्कुटरलाई छोएको भन्दै बीच बाटोमै रोकेका थिए ।

सिकिस्त इन्द्रकुमारीलाई छिटोभन्दा छिटो उपचारको खाँचो रहेको अवस्थामा रिमालले आफूलाई क्ष ति पूर्ती दिनुपर्ने सर्त राखेर करीब आधा घण्टासम्म एम्बुलेन्सलाई अघि बढ्न दिएनन् ।

ती युवकलाई जे भन्छौ त्यही मान्छौं तर, बिरामी जान देउ भनेर बिन्ति गर्दापनि नछोडेका मृ तक महिलाका श्रीमान रोहन तामाङले गुनासो पोखे । पछि उनै रिजालले एम्बुलेन्सले आफूलाई ठ क्क र दिएकाले क्षतिपूर्ती दिलाइदिन भन्दै प्रहरी बोलाएको र प्रहरीले पनि लाइसेन्स नभएको बाहानामा थप समय अवरो ध गरेको चालक सुवास तामाङले बताए । परिवारले उचित क्ष ति पूर्ती र दो षी लाई कानून बमोजिम कारबाही हुनुपर्ने माग गरेका छन्

(Visited 7 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु