महरा प्रकरणपछि अन्तर्राष्ट्रिय समुदायले मुख खोल्यो – यौ न हिं साका घटनामा उन्मुक्ति नदेऊ

Loading...
इमेची संवाददाता | अन्तिम पटक अपडेट गरिएको : October 23rd, 2019,

संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि यौ न दु व्र्यब हारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको तीन दिनपछि संयुक्त राष्ट्रसंघसहित ६ वटा पश्चिमा देशका नेपालस्थित दूताबासले नेपालमा पछिल्लो समय भएका महिला हिं साका घटना प्रति चासो व्यक्त गर्दै चिन्ता जनाएका छन्।

संयुक्त राष्ट्रसंघसहित नेपालस्थित अस्ट्रेलिया, फिनल्यान्ड, नर्वे, स्वीट्जरल्यान्ड, संयुक्त अधिराज्यले शुक्रबार निकालेको संयुक्त विज्ञप्तिमा पी डि तलाइ न्यायमा पहुँच दिने, पीडितको पक्षमा उभिने र लिंगको आधारमा हुने हिं सा मा शुन्य सहनशीलता अपनाउने जिम्मेवारी सरकारको भएको स्मरण गराउँदैं अन्तर्रा्ष्ट्रिय कानुन अनुसार न्यायको सुनिश्चितताका लागि आग्रह गरिएको छ।

महिलाविरुद्ध हिं सा र यौ न हिंसाका घटनाका पीडकहरुले उन्मुक्ति पाएको समाचारहरु आएको भन्दै ती निकायहरुले निर्मला पन्तको बला त्का र पछि ह त्या भएको बिषयमा चासो व्यक्त गरेका छन्। पी डि त परिवारका सदस्यहरुले न्याय पाउन नसकेको तर्फ उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। बिज्ञप्तिमा महरा प्रकरणका बारेमा भने तोकेरै चाँही केही उल्लेख गरिएको छैन।

नेपाल सरकारले अन्तर्रा्ष्ट्रिय मापदण्ड तथा महिला विरुद्ध हुने सबै प्रकारको हिं सा लाई अन्त्य गर्ने अभिसन्धि तथा नागरिक तथा राजनीतिक अधिकार अनुबन्ध अनुसार सबै प्रकारको आरोपहरुको चाँडो, पूर्ण तथा निष्पक्ष अनुसन्धान गर्नुपर्ने जिम्मेवारी रहेकोतर्फ ती निकायहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु