किर्ते सहीमा प्रेस सल्लाहकारको संलग्नता


 

अर्जुनधारामा । अर्जुनधारा नगरपालिकामा मापदण्ड विपरीत बनाइएको घरको नक्सामा सरकारी छाप र प्राविद्यिकहरुको किर्ते सही गरिएको पाइएको छ ।a

अर्जुनधारा नगरपालिका–८ निवासी मञ्जु थापाको निर्माण सम्पन्न भएको घरको नक्सामा नगरपालिकाको छापसँगै नगरपालिकाका इन्जिनियर निरज अधिकारी र सब इन्जिनियर प्रदीप पुरीको किर्ते सही गरिएको पाइएको हो ।

स्रोतले दिएको जानकारी अनुसार नगर प्रमुख हरिकुमार रानाका प्रेस सल्लाहकार सागर गौतम नै उक्त कार्यमा संलग्नता रहेको जनाइएको छ । नातामा आफन्त पर्ने घरधनी थापासँग १२ हजार रुपैयाँ लिएर उनले उक्त कार्य गरेको स्रोतको दावी छ ।

प्रेस सल्लाहकार गौतमलाई नगरपालिकामा नआउन मौखिकरुपमा जानकारी गराइएको र उनलाई लागेको आरोपको विषयमा अनुसन्धान भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल बताए ।

यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर अध्यक्ष प्रेमसागर सापकोटाले आरोपको विषयमा पुष्टी नभई बोल्न नमिल्ने बताए पनि उनलाई असार १ गतेदेखि लागु हुने गरी पार्टीले प्रेस सल्लाहकारको जिम्मेवारीबाट फिर्ता बोलाइएको जानकारी दिए । उनले भने, ‘पार्टीले जुन जिम्मेवारी दिएर पठाएको थियो त्यो वहन गर्न सकेन र फिर्ता बोलाइएको हो ।’

(Visited 80 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु