महराको पद ‘चैट’ भएपछि छोराहरुले बन्दुक समाएको फोटो राख्दै नेकपाका नेताहरुलाई चेतावनी दिदै भने : ‘क्रान्तिकारीसँग फेरि भेट हुनेछ धैर्य गर्नोस्’

Loading...
इमेची संवाददाता | प्रकाशित भएको : October 3rd, 2019

बला-त्कार जस्तो जघन्य अपराधको आरोप लागेका कृष्ण बहादुर महरा यतिबेला नेपाली समाचार र राजनीतिमा निकै चर्चामा छन् । आफ्नै सचिवालयमा काम गर्ने महिलालाई बला त्कार गरेको आरोपमा पद नै चट भएपछि महरा बिरुद्ध आम सर्वसाधारण, प्रतिपक्षी मात्रै नभएर नेकपाका नेता कार्यकर्ताहरुले समेत मुखै फोरेर अभिब्यीक्त दिइरहेका बेला महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै क्रान्तिकारीसँग फेरि भेट हुने बताएका छन् ।

गएराती साँढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै महराका दुई छोराहरुले भनेका छन् ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ छ । एउटै स्टाटस सेयर गर्दै कृष्ण बहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै भनेका छन् ‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ ।

त्यस्तै महराका छोराले बुधबार बिहान फेरी अर्को स्टाटस लेख्दै पार्टीकै नेताहरु महरालाई पदमुक्त गर्न षडयन्त्रमा लागेको आरोप लगाएका छन् । एटमले आफ्ना पिता पदको भोगी नहरेको र छानबिनका लागि नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गर्दै भनेका छन् ‘महरा पदको भोगी होइनन्, आरोपित घटनाक्रम पुष्टि गर्न नैतिकताका आधारमा राजीनामा लेखेका हुन् ।’ स्टाटसमा एटमले पूर्व सभामुख सुवास नेम्बागंले एक अनलाइनलाई दिएको अभिब्यीक्तको स्क्रिन सट पनि एट्याच गरेर यस्तो लेखेका छन्

महरा पदको भोगी होईनन, आरोपित घट्नाक्रम पुष्टि गर्न नैतिकताका आधारमा राजीनामा लेखेका हुन, कति छिटो आगरेर बसेको रु कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस भन्ने कामना गर्न लागे पछि सडयन्त्र के लाई बुझ्न्ने ? धैर्य गर्नोस् ! महरा पदको भोगी होईनन, आरोपित घट्नाक्रम पुष्टि गर्न नैतिकताका आधारमा राजीनामा लेखेका हुन,

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु