निवेदन बोकेर रोशनी शाही पुगिन् प्रहरीमा, के छ निवेदनमा ?


काठमाडौं। निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौ’न दु’र्व्यवहार भएको भन्दै सुरुमा मिडियामा आएकी महिलाले हाल आएर आफूमाथि कुनै दु’र्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् ।

उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले आइतबार निवेदन दर्ता गराएको पुष्टि गरे । आफू डि’प्रेशनको बि’रामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दु’र्व्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् । उनले महरामाथि लागेको आरोप झू’टो भएको समेत दाबी गरेकी छिन् ।

एक अनलाइनले महराले आफूमाथि ब’ला’त्कार गरेको भन्दै ती महिलाको बयानसहित समाचार छापेको थियो । तर त्यसको भोलिपल्टै महिलाले फेरि आफूमाथि कुनै दु’र्व्यवहार नभएको दाबी गर्दै आफ्नै बोलीको खण्डन गरेकी थिइन् ।

संसद सचिवालयमा कार्यरत ती महिलाको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ ।

(Visited 3 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु