एसिड आक्रमणमा परेकी मुस्कानलाई अमिताभ बच्चनको सन्देश (भिडियोसहित)

बलिउड सुपरस्टार अमिताभ बच्चनले मुस्कान खातुनलाई एक भिडियो सन्देश पठाउँदै उनीमाथि गलत भएको बताएका छन्। गत भदौकोतेस्रो साता १४ वर्षे मुस्कानलाई वीरगन्जमा विद्यालय जाने क्रममा दुई युवकले ए,सिड प्र,हार गरी घाइते बनाएका थिए।
‘उज्वलजीले तपाईंको रेखदेख गरिरहनु भएको छ । म आशा गर्छु उहाँको रेखदेखले तपाईं धेरै छिटो ठिक हुनुहुनेछ,’ अभिताभ बच्चनले ४५ सेकेन्ड लामो भिडियो सन्देशमा भनेका छन्, ‘जे तपाईंको साथ भयो, त्यो कुनै पनि बालिकामाथि हुनुहुँदैन ।’
मुस्कान अहिले काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार गराई रहेकी छन् । एसि,डले उनको मुख, हात र शरीर जलेको छ । ए,सिड प्रहा,रपछि मुस्कान अस्पतालमा उपचार गरिरहेको थाहा पाएपछि अमिताभले ट्वीटरमार्फत् मुस्कानलाई भिडियो सन्देश पठाएका हुन्।
‘यो एकदमै गलत भएको छ। म आशा गर्छु कि तपाईंको देशको कानुनले उनीहरू सबैलाई पक्राउ गरी कार,बाही गर्नेछ,’ अभिताभले भनेका छन्।
आफ्नो फिल्म हेरेकोमा अभिताभले मुस्कानप्रति आभार प्रकट गरेका छन् । मुस्कानले अमिताभको फिल्म हेर्ने गरेको कुरा उनलाई अभियन्ता उज्वलविक्रम थापाले बताएका थिए। भिडियो सन्देशमा अमिताभले भनेका छन्, ‘मलाई उज्वलले बताएका छन् कि तपाईं मेरो फिल्म हेर्नुहुन्छ । हाम्रो शुभकामना तपाईंको साथ छ । छिटोभन्दा छिटो ठिक हुनुहोस् । सधैं यसैगरी हासी रहनोस्।’
मुस्कान को लागि श्री अमिताभ बच्चन को सन्देश। pic.twitter.com/bgTnLb7MRc
— Ujjwal Bikram Thapa (@UjjwalBikram) October 2, 2019
प्रतिकृया दिनुहोस्