महराले सुटुक्क बुझाए ‘दोस्रो राजीनामा’ पत्र जुन मिडियामा आएन


१५ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको ‘दोस्रो राजीनामा’ पत्र बुझाएको खुलासा भएको छ । अनलाइन खबर डटकममा प्रकाशित समाचारअनुसार उपसभामुखले उनले शर्तसहित बुझाएको राजिनामा पत्र अस्विकृत गरिदिएपछि उनले दोस्रो राजीनामा पत्र बुझाएका हुन् । उनले बुझाएको दोस्रो राजिनामा पत्रमा कुनै शर्त राखिएको थिएन ।

महराले मंगलबार शर्तसहितको राजीनामा पत्र बुझाएका थिए । जसमा छानबिन प्रकि्रया पूरा नभएसम्मका लागि भन्ने उल्लेख थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उच्च स्रोतका अनुसार महराको यस्तो राजीनामा पत्र उपसभामुख शिबमाया तुम्वाहाङ्फेले अस्वीकृत गरेकी थिइन ।

यो राजीनामा आफूले स्वीकार नगरी दराजमा थन्क्यार राख्ने उनको चेतावनी थियो । उपसभामुखको यो कदमबारे नेकपा नेतृत्व पनि जानकार थियो । त्यसपछि महराले शर्तरहित अर्काे राजीनामा पत्र उपसभामुख समक्ष पठाएको स्रोतको दावी छ । अर्को राजीनामा पत्रका आधारमा उपसभामुख तुम्वाहाङ्फेले बुधबार दिउँसो महराको राजीनामा आएको सूचना संसद सचिवालयमा टाँस्न लगाएकी थिइन् । उक्त सूचनामा पनि महराले पहिलो पटक बुझाएको राजीनामा पत्रमा भएको जस्तो शर्त उल्लेख छैन ।

नेकपा स्रोता भन्छ, ‘अब महरा सभामुख रहनुभएन, संसद सचिवालयले उपयुक्त समयमा नयाँ सभामुख चयनको प्रकृया सुरु गर्ने छ ।’

(Visited 15 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु