रोशनी शाहीको फेसबुक कसले चलाउँछ ? नेकपाका नेताहरूमाथि नै गालीबेइज्जत


काठमाडौं । संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लगाएपछि अहिले यसले नेपालको राजनीति तरंगित भएको छ ।

पहिले आफूमाथि जबर्जस्तीकरणी भएको आरोप लगाउने शाहीले २४ घन्टा नबित्दै बयान फेरेर महरा आफ्नो कोठामा नआएको बताएकी छन् । जबकि महराले सभामुख पदबाट राजीनामा मात्र दिएका छैनन्, उनको राजनीतिक जीवन नै अवसान भइसकेको छ ।

सो घटनापछि रोशनी शाहीको मोबाइल अफ छ । तर, सामाजिक सञ्जाल फेसबुकमा भने उनको नामबाट नेकपाका शीर्ष नेतामाथि विभिन्न भद्दा कमेन्ट आउने क्रम जारी छ । रोशनीको तस्बिरसहितका तीनवटा फेसबुक अकाउन्ट खुलेको छ । ती एकाउन्टबाट आफू पीडित भए पनि कुनै फरक नपरेको, मेरो श्रीमान्ले केही नभनेको, महरा आफ्नो बाबुसमान जस्तो भन्दै कमेन्ट आइरहेका छन् । यस आधारमा के भन्न सकिन्छ भने रोशनी शाहीको नामबाट आइरहेका फेसबुक अकाउन्ट नक्कली हो ।

पछिल्लो समय उनले सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङतर्फ निशाना सोझ्याउन थालेकी छन् । महरा यौन दुव्र्यवहार प्रकरणमा केही सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै नेम्वाङले ‘महरालाई अब नेकपाले संसदका रुपमा चिन्दैन’ भनेका थिए । एक अनलाइनले लेखेको सोही समाचारलाई आफ्नो फेसबुकमा सेयर गर्दै रोशनीले ‘बहुविवाह गर्ने उपनेतालाई पनि कारवाही गर्नुपर्छ, न्याय दुवैलाई समान हुनुपर्छ’ भनेकी छन् ।

सोही विवरणसहितको समाचार प्रकाशित अर्को अनलाइनको लिंक सेयर गर्दै उनले लेखेकी छन्, ‘महरा सरले हैन बरु बहुविवाह गरेकालाई कारवाही गर्नुपर्छ । महरा सर मेरा गुरुबाउ हुन्, यही नै सत्य हो ।’

उनले बुधबार फेसबुकमा स्टाटस लेख्दै आफूले किटानी जाहेरी नदिएसम्म महरालाई कसैले छुन नपाउने चेतावनीसमेत दिएकी छन् । उनले लेखेकी छन्, ‘हामी सल्लाह गर्दैछौं, अरुले टाउको दुखाउनु पर्दैन ।’

(Visited 36 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु