काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि करणी गरेको गम्भीर आरोप लगाएकी भनिएकी संघीय संसदकी कर्मचारी रोशनी शाहीले आफ्नो बयान फेरेकी छिन् ।

हिजो हाम्रा कुरा डटकमलाई दिएको भिडियो अन्तर्वातामा उनले महराले आफुलाई बलात्कार प्रयास गरेको र सो क्रममा महराको चश्मा फुटेको र जुत्ताको तलुवा पनि यहीँ छाडेर गएको बताएकी थिइन् । हाम्रा कुरा डटकममार्फत सार्वजनिक भएको भिडियोको कारणले महराले सभामुख पदबाट राजिनामा दिएको केही घन्टा बित्न नपाउँदै अर्को भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भएको भिडियोअनुसार उनले आफू लामो समयदेखि ड्रिप्रेसनको रोगी भएको र त्यो दिन बढी डोजको औषधि सेवन गरेको कारणले के बोले भन्ने कुरा थाहा नभएको स्विकार गरेकी छिन् ।

अघिल्लो दिन मलाई यस्ले बलात्कार गर्‍यो भन्ने ती महिलालाई आज फेरी महरा र आफ्नो सम्बन्ध बाबुछोरीको जस्तो रहेको दाबी गरिन् ।

आफू डिप्रेशनको औषधि सेवन गरिरहेको र रिसाइरहेका बेला पत्रकार आएर महरासँगको सम्बन्धबारे प्रश्न गर्दा आक्रोश र रिसको झोकमा आफूले महरामाथि आरोप लगाएको रोशनीको भनाइ छ । तिनकुनेस्थित रोशनीको कोठामा पुगेर आइतबार राति महराले उनलाई बलात्कार गरेको समाचार बाहिरिएसँग महराले आफू रोशनीको कोठामा पुगेको भए पनि कुनै गलत कार्य नगरेको भन्दै समाचार आएका थिए । योसँगसँगै पीडित भनिएकी ती महिलालाई हिजोदेखि आफ्नो फेसबुक स्टाट्समा शेयर गरिएका महरासम्वन्धि सबै पोष्टहरु डिलिट गरिसकेकी छिन् ।

आज बिहान उनको फेसबुकबाट लिइएका केही स्किनसटहरु जुन अहिले डिलिट भइसकेका छन् ।

हेर्नुहोस आजको भिडियो

हिजो तीनै महिलाले बोलेको भिडियो यस्तो थियो

(Visited 122 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *