महरालाई राजीनामा दिन ओलीको निर्देशन


काठमाडौं । सहकर्मीबाटै याैन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको स्रोतले बतायो ।

स्रोतका अनुसार आफूमाथि नैतिक र चारित्रिक प्रश्न उठिसकेपछि सभामुख पदमा बसिरहन मिल्दैन,” तत्काल राजिनामा दिनुस अगाडिको अनुसन्धानले बताउला । कानुनि उपचारको बाटो छँदैछ । ओलीले भनेका छन् ।

स्रोत भन्छ “कानुनी रुपमा लड्ने बाटो कायमै रहन्छ तर अहिले देश र जनतालाई हेरेर राजीनामा गर्न निर्देशन दिनुभएको छ,” ।

(Visited 13 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु