सभामुख महराले तत्काल राजिनामा दिनुपर्छ, अपुष्ट भए आरोपीलाइ पनि छाड्नु हुन्न: गगन थापा


बुटवल । नेपाली नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले राजिनामा दिएर आफुलाई लागेको आरोपको निष्पक्ष छानविन गर्न मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।

रिपोटर्स क्वल नेपाल प्रदेश न ५ ले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रको गरिमामय पदमा बसेको व्यक्तिसँग जोडिएर आएको यौ’न दुर्व्यवहारको कुराले आफू स्तब्ध भएको बताए । सभामुख महरा पहिले आफु आमनागरिक बन्न र प्रहरीले आफ्नो गुमेको साख जोगाउन निष्पक्ष छानविन गर्नुपर्ने बताए ।

बिगतका कतिपय काण्डमा प्रहरी निरीह भएको उल्लेख गर्दै यो संवेदनशिल बिषयमा भने विनाप्रभाव निष्पक्ष छानबिन गर्नुपर्ने उनको भनाइ छ । उनले भने – ‘सभामुख दोषी ठहरिएमा हदैसम्मको कानुनी सजाय हुनु पर्छ र आरोप गलत रहेछ भने आरोप लगाउने महिलालाई कारवाही गर्नुपर्छ ।’

पछिल्लो समय भएको चितवन काण्ड, नेपालगन्जमा भएको घटना र तनहुँमा काङ्ग्रेस नेता मिनेन्द्र रिजाललाई भएको दु’र्व्यवहारको पनि नैतिक रुपमा सरकार जिम्मेवार हुनुपर्ने उनको तर्क थियो । सरकारले नराम्रा ब्यवहार गर्नेलाई दुरुत्साहन गर्नुको सट्टा उत्साहीत र संरक्षण गरिरहेको भन्दै थापाले सरकारलाई सचेत रहन चेतावनी समेत दिएका छन् ।

(Visited 6 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु