पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन, ४४ वर्षमा पनि सुन्दरता उस्तै

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन । १९७६ अक्टोबर १ तारिखका दिन उनको जन्म भारतको राजस्थान सिकरमा भएको थियो । यस आधारमा आज उनी आफ्नो ४४ औं जन्मदिन मनाउँदैछिन् ।
हिमानी सिकरका १२औं राजा विक्रम सिंहकी माइली छोरी हुन् । उनकी आमा विपुला सिंह बझाङकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनको दुई छोरी र एक छोरा गरी तीन सन्तान छन् ।
हिमानी अहिले आफ्ना पतिसँग निर्मल निवासमा सँगै बस्दिनन् । हिमानीको अधिकांश समय ससुरा र सासू पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहसँग बित्ने गरेको छ । परिवारबाट बचेको समय हिमानीले सामाजिक सेवामा लगाउँदै आएकी छन् । उनले ‘हिमानी ट्रस्ट’ खोलेकी छन् । उच्च अध्ययन काठमाडौंकै कलेजमा पूरा गरेकी हिमानी ४४ वर्ष लाग्दा पनि सुन्दरतामा कुनै कमी आएको छैन ।
(Visited 50 times, 1 visits today)
प्रतिकृया दिनुहोस्