राजेश हमाल र करिश्माको अभिनय रहेको अर्को धमाकेदार गीत बाहिरियो

Loading...
ईमेची डेक्स | अन्तिम पटक अपडेट गरिएको : October 24th, 2019,

काठमाडौँ । चलचित्रमा कुनै समय एकछत्र राज गरेको चर्चित जोडी हो महानायक राजेश हमाल र सुन्दरी नायिका करिश्मा मानन्धरको जोडी । यो जोडीलाई फेरी एक पटक सानो पर्दामा एकसाथ अभिनय गराउने काम गरेका छन् गायक भीम चापागाईले ।

भीम र गायिका मेलिना राइको सुमधुर स्वर रहेको गीतको भिडियो सार्वजनिक भए लगत्तै चर्चाको शिखरमा छ । दीपक शर्माको शब्द र संगीत रहेको गीतमा देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका छन् भने सम्पादन अच्युत बजागाइले गरेका छन् ।

जसमा अभिनय महानायक राजेश हमाल र सुन्दरी नायिका करिश्मा मानन्धरको रहेको छ । कुनै समय चलचित्रमा एकसाथ काम गरेर वाहवाही पाएको यो जोडीले फेरी एकसाथ काम गर्दा गीतले फिल्मकै झल्को दिएको कतिपयले प्रतिक्रिया दिएका छन् ।

गीत रिलिज भएको १ दिनमा नै करिब ५ लाख दर्शकले हेरिसकेका छन् ।

राजेश हमाल र करिश्माको अभिनय रहेको अर्को धमाकेदार गीत बाहिरियो, भिडियो र नृत्यको चौतर्फी चर्चा (भिडियो)

महानायक राजेश हमाल र सुन्दरी नायिका करिश्मा मानन्धरको जोडीलाई लामो समयपछि सँगै देख्दा कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस् है ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु