पेरिस फेशन वीकमा ऐश्वर्याको यस्तो स्टाइल, फोटो भयो भाईरल

काठमाडौं । बलिउडकी चर्चित नायिका ऐश्वर्या राय लामो समयदेखि फिल्मी क्षेत्र बाहिर छिन् । तर उनि बेला–बेला अनेक कारणबाट चर्चामा आईरहन्छीन् । हालै फ्रान्सको पेरिसमा भएको ‘फैशन वीक २०१९’ मा उनले प्रदर्शन गरेको फेसनको निकै चर्चा भएको छ ।
ऐश्वर्याले फेसन शोमा प्रदर्शन गरेको स्टाईलबारे धेरैले चर्चा गरेको छन् । फेसन शोमा सहभागी भएकी ऐश्वर्याको तस्बिर अहिले सामाजिक सञ्जालमा भाईरलसमेत भएको छ ।
सम्बन्धित छवि
सामाजिक सञ्जालमा ऐश्वर्याले समेत कतिपय फोटो शेयर गरेकी छिन् । भाइरल बनेको तस्बिरमा ऐश्वर्या पर्पल कलरको डे«समा देखिएकी छिन् । उनि तस्बिरका निकै सुन्दरी र तरुणी पनि देखिएकी छिन् ।
फेसन शोमा उनि आफ्नी छोरी अराध्याका साथ पुगेकी थिइन् । उनले आफ्नी छोरीलाई पनि आफ्नै कलरको ड्रेसमा सजाएकी थिइन् । अनौठो त ऐश्वर्याले हरेक इभेन्टमा सहभागी हुँदा छोरीलाई साथ छुटाउँदिनन् अनि छोरीको ड्रेस पनि आफ्नो जस्तै बनाउँछिन् ।
ऐश्वर्याका फैनहरुका लागि खुसीको कुरा उनि चाँडै नै फिल्मी क्षेत्रमा कमब्याक गर्दैछिन् । ऐश्वर्या राय बन्दै गरेको ‘वो कौन थी’बाट कमब्याक गर्न लागेकी छिन् ।
प्रतिकृया दिनुहोस्