‘ज्ञानेन्द्र शाहीलाई आ’क्रमण गर्ने रेनु, प्रचण्ड, योगेश, एसपी दानबहादुरमाथि कार’बाही हुनुपर्छ’


काठमाडौं- ज्ञानेन्द्र शाहीलाई चितवनमा शनिबार नेकपा कार्यकर्ताहरु आ’क्रमण गरेको भन्‍दै आइतबार माइतीघर मण्डलामा ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ताहरुले प्रदर्शन गरेका छन्।

उनीहरुले नेकपा नेतृत्वको सरकारले शाहीमाथि सां’घातिक आ’क्रमको घोर भत्सना गर्दै दोषी’माथि कार्बाहीको माग गरेका छन्। उनीहले भ्रष्टाचार विरुद्ध अभियानमा लाग्‍नेहरुमाथि मा’र्ने उद्देश्‍य राखेर आएकाहरु कम्‍युनिष्ट, समाजवादी पार्टी नभइ फा’सिष्ट प्रवृतिका, आपरा’धिक मानसिकता बोकेकाहरुले झुण्ड भएको आरोप लगाए।

उनीहरुले वर्तमान सरकार र पार्टीको कब्जामा सर्वोच्चमा अदालत, प्रहरी प्रशासन लगायत संवैधानिक निकायहरुरहेको आ’रोप लगाए। अभियानका संयोजक सुरेन्द्र भण्डारी बोल्‍दै भने, ‘ यस्तो सरकारका प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ। प्रचण्डको छोरीले मेयर पदबाट राजीनामा दिनुपर्छ। अदालतमा हातमा लिएका छन्। प्रहरी प्रशासनलाई हातमा लिएर दुइ तिहाइको दम्भ हटाउनुपर्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यी चारजना नाइकेहरु (प्रचण्डकी छोरी रेनु दाहाल, प्रचण्ड, योगेश,एसपी दानबहादुरलाई कारबाही गर्नुस् ।’

ज्ञानेन्द्र शाहीको ज्‍यानमाथि तलमाथि भए केपी ओली, प्रचण्ड र गृहमन्त्री बादलले राजीनामा दिनुपर्ने अभियानका अभियन्ताहरुले माग गरेका छन्। ‘अपराधिहरुको राज भएको छ। फासिष्टहरुको राज भएको छ। आजसम्‍म नेपाली जनताले ल्‍याएका उपलब्धिहरुमाथि कालो पोतिएका छन्।’

(Visited 28 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु