अस्पतालको श,य्याबाट ज्ञानेन्द्र शाहीले भने– मा,र्ने योजना रहेछ, सीटमुनि लु,केर बाँ,चें !

Loading...
ईमेची डेक्स | अन्तिम पटक अपडेट गरिएको : October 23rd, 2019,

काठमाडौं- आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले आफूलाई मा,र्ने अभिप्रयाले शनिवार चितवनमा ढुङ्गामुडा र आ,क्रमण भएको बताएका छन् । विना हा,तहतियार घुम्न, डुल्न र बोल्न नपाउने कस्तो लोकतन्त्र भनी उनले प्रश्न गरे ।

आक्रम,णपछि काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराइरहेका शाहीलाई भेट्न गएका विश्लेषक एवं अभियान्ता दिलनिशानी मगर र पुण्य गौतम लगायतको टोलीसँग उनले आफूलाई सिद्या,उने नियतले आक्र,मण भएको बताएका हुन् ।

‘म बोल्नको लागि चितवन गएको थिएँ, माइक्रो बसमै आक्र,मण भयो, सीटमुनि बसेर बाँचें’ शाहीको भनाइ उद्धृत गर्दै दिलनिशानीले लोकान्तरसँग भने, ‘विना हातहतियार हिँडडुल गर्न नपाउने पनि कस्तो लोकतन्त्र हो ?’

चितवन आक्रमणमा घाइते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाही ट्रमा सेन्टरमा उपचारको लागि भर्ना हुँदै। तस्बिर-प्रतिभा चन्द/देश सञ्‍चार

नेकपा निकट कार्यकर्ताको आक्र,मणमा परि घाइते भएका शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टाउकोमा गहि,रो चो,ट लागेका कारण केही दिन अस्पतालमै बस्नुपर्ने अवस्था रहेको नेपालका लागि नेपाली अभियानका डा. सुरेन्द्र भण्डारीले जानकारी दिए ।

From KTV Dainik TV

उनले आफ्नो उपचार खर्चका लागि पहल गरिदिन आग्रह गरेको दिलनिशानीले बताए । शाहीमाथि भएको आक्रम,णको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

‘ज्ञानेन्द्र शाहीको विचार र उनको शैलीसँग सबभन्दा बढी मैले फरक मत राख्छु तर उनीमाथि भएको आक्र,मणको म नि,न्दा गर्न र उनलाई भेट्न अस्पताल गएको हुँ,’ दिनलिनशानीले भने ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु