पाथिभरा मन्दिरमा बडादशैँको फूलपातीको दिनदेखि प्रसादको भण्डारा लगाइने


सानो पाथिभरा देवीको नामले प्रसिद्ध इलामको कुटीडाँडास्थित पाथिभरा मन्दिरमा आउँदो बडादशैँको फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको छ । झापाको विर्तामोडका व्यवसायीको आयोजनामा यही असोज १८ गते फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको हो ।यस वर्ष आयोजना गर्न लागिएको भण्डारा दशौँ पटकको हुने पाथिभरा भण्डारा समितिका सदस्य सन्तोष अग्रवालले जानकारी दिनुभयो । चैतेदशैँ र बडादशैँ गरी वर्षमा दुईपटक भण्डारा लगाउने गरिएको उहाँले बताउनुभयो । यसपटक लगभग छ हजार भक्तजनलाई पुग्ने गरी भण्डारा लगाउने तयारी गरिएको छ ।


दशैँको बेला पाथिभरामा भक्तजनको घुइँचो लाग्ने भएकाले दशैँको अवसरमा प्रसादको भण्डारा लगाउने गरिएको पनि अग्रवालले जानकारी दिनुभयो । प्रसादको भण्डारा लगाउन थालिएको आधा दशकको यो अवधिमा पाथिभरा भण्डारा समितिले दर्शनार्थीको सुविधाका लागि पाथिभरा क्षेत्रमा विभिन्नखाले सुविधायुक्त संरचनासमेत निर्माण गरिदिएको छ ।पहिलो भण्डारा लगाउँदा पानी बोकेर मन्दिर परिसरमा पु¥याउँदा झेल्नु परेको समस्यालाई दृष्टिगत गरी विर्तामोडको मनिषा आइरनले रु छ लाख ५० हजार खर्च गरेर मेची राजमार्ग छेउको मुहानबाट पाइपलाइन विस्तार गरी डाँडाको मन्दिरसम्मै शुद्ध खानेपानीको सुविधा पु¥याएको छ ।

विर्तामोडकै जनता केवलका सञ्चालक पवन अग्रवालले डाँडामा फिल्टर ट्याङ्की राखी चिसो र तातोपानीको व्यवस्था गरिदिनुभएको छ । यस वर्षको भण्डारा लगाइने दिन स्टिलका १४ थान बेञ्च पनि सहयोग गर्ने कार्यक्रम रहेको छ भने त्यहाँ जग्गा उपलब्ध हुँदा हनुमान मन्दिर निर्माण गर्ने सोच पाथिभरा भण्डारा समितिले बनाएको छ । व्यवसायीहरुकै सहयोगमा मन्दिर समितिलाई भाँडाकुँडा पनि उपलब्ध गराइएको अग्रवालको भनाइ छ ।

सानो पाथिभराको बारेमा थप जानकारी

इलामको रोङ गाउँपालिका स्थित सानी पाथिभरा क्षेत्र पर्यटक खचाखच

इलाम । पूर्वी इलामको रोङ गाउँपालिका ३ मा अवस्थित सानी पाथिभरा क्षेत्र आन्तरीक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

आन्तरिक पर्यटक तथा भक्तजनको मात्रै आउने पाथिभरा क्षेत्रमा अहिले नेपाल बाहेक भारत, बंगलादेश र भुटानसम्मका भक्तजनको आकर्षणको केन्द्र भएको हो ।

चिसो मौसमका कारण पूर्वी नेपालको तराई क्षेत्रसँगै भारत, भुटान र बंगालादेशका पर्यटकहरुले पाथिभरा क्षेत्रको भ्रमण गर्दै आएका छन् । धार्मिक महत्वका कारण भक्तजनको भिडले खचाखच हुने पाथिभरा क्षेत्र समुद्री सतहबाट १ हजार ८ सय चालिस मिटरमा अवस्थित रहेको छ ।

ताप्लेजुङ्ग जिल्लामा रहेकी पाथीभरा देवीको अन्तरी बहिनी भनेर चिनिने यस क्षेत्रलाई सानो पाथीभरा मानिदै आएकाले दैनिक २ हजार पर्यटक तथा भक्तजनले भ्रमण गर्दै आएको पाथिभरा संरक्षण समितिका सचिव दिलिप राईले बताउनुभयो ।

प्रत्येक शनिबार र मङ्गलबार पर्यटक र भक्तजनको भिड लाग्ने गरेको मन्दिरमा विवाह ब्रतबन्ध तथा पुराण जस्ता उत्सव नियमित हुँदै आएका छन् ।

यहाँ विक्रम संम्बत २०५१ सालमा विधिवत रुपमा पाथीभरा मन्दिर संरक्षण समिति गठन भएपछि यहाँको व्यवस्थित विकासको काम हुँदै आएका छन् ।

(Visited 46 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु