ज्ञानेन्द्र शाही प्रकरण : मनोज गजुरेलले भने– कुटपिट र अवरोधले ‘अभियानहरु’ सकिन्नन् कमरेड


काठमाडौं । चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटका विषयमा हास्यकलाकार मनोज गजुरेलले विरोध जनाएका छन् । शनिबार चितवनको चौविसकोठीमा भएको शाहीमाथिको कुटपिटमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताको संलग्नता रहेको आरोप लगाइएको छ । सरकारका अगिविधिप्रति खबरदारी गर्दै आएका शाहीमाथि भएको कुटपिटप्रति कलाकार गजुरेलले विरोध जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर उनले कुटपिट र अवरोधले अभियानको अन्त्य नहुने बताएका छन् । ‘कुटपिट र अवरोधले ’अभियानहरु’ सकिन्नन् कमरेड ! राजनैतिक र प्रशासानिक क्षेत्रको भ्रष्टाचार उखेल्दिनुस् न, बिरोध र अराजकता आफैं बन्द हुन्छ नि । ज्ञानेद्र शाहीको प्रस्तुती र शैलीको बारेमा फरक मत होला । तर, उनको बिरोधमा बाहुबलको प्रयोग र प्रबेश निषेधको राजनीति गलत हो । प्रश्नहरुको जवाफ राम्रा कामले दिनुपर्छ, कुटपिट र अवरोध गरेर हैन । नत्र के फरक भयो र !’

(Visited 71 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु