के तपाईमा यस्ता संकेत छन् ? छन् भने तपाईं धेरै बुद्धिमान हुनुहुन्छ

Loading...
ईमेची डेक्स | अन्तिम पटक अपडेट गरिएको : October 24th, 2019,

काठमाडौं । मानिसका सबैका आ-आफ्ना गुण हुन्छन् । ती गुणले व्यक्तिको जीवनमा प्रत्यक्ष(अप्रत्यक्ष असर पारिरहेको हुन्छ । ती गुण र बानीले नै मानिसको भविष्य निर्धारण भएको हुन्छ र उसको विशेषता समेत बताइरहेको हुन्छ ।

मानिसको बानीले, उसमा भएका गुणले ऊ कत्तिको बुद्धिमान व्यक्ति हो भन्ने अनुमान गर्न सकिन्छ । वैज्ञानिकहरुले पनि केही त्यस्ता गुण वा बानीलाई व्यक्तिको क्षमता मापन गर्ने आधार बनाएका छन्।

बुद्धिमान व्यक्ति राती अबेरसम्म पनि सुत्दैन । उसलाई निन्द्रामा समेत छटपटी हुन्छ । लिओनार्दो दा भिन्ची दिनको करिब तीन घण्टा मात्र सुत्ने गर्थे र सफल भएका धेरै व्यक्तिहरुको बारेमा पढ्दा पनि यस्तो तथ्य फेला पर्छ।

वैज्ञानिकहरुका अनुसार, बुद्धिमान व्यक्तिले रातीको समयमा पनि केही पढ्न, केही नयाँ कुरा सिक्न प्रयास गर्छ, जसले गर्दा ऊ ढिलो सुत्छ। त्यस्तै, उसको दिमागमा विचारहरु खेलिरहनाले ऊ मस्त निदाउन सक्दैन।

बुद्धिमान व्यक्ति अल्छि हुन्छ । ऊ सोंचाइले र नयाँ प्रयोगले शारीरिक रुपमा थाक्छ, जसले गर्दा अल्छि बन्छ । फेरी अल्छिपनकै कारण उसले सुविधा खोज्छ, नयाँ र छिटो हुने प्रयोग खोज्छ , जसले गर्दा नै रिमोट, यातायात, टेलिफोन जन्मिएका हुन्।

त्यस्तै , बुद्धिमान व्यक्ति भ्रमण गर्न बढी मन पराउँछ। भ्रमण गर्दा नयाँ मानिस, नयाँ पृष्ठभूमि, नयाँ विचार, नयाँ वातावरण बारे बुझ्न पाइन्छ र त्यसले आफूमा केही नयाँपन ल्याउन सकिन्छ, आफ्नो कामलाई नयाँ रुप दिन सकिन्छ, विभिन्न कुरा सिक्न सकिन्छ।

बुद्धिमान व्यक्तिहरु समाजमा धेरै घुलमिल हुँदैनन् । उनीहरु प्राय एकलकाटे प्रकृतिका हुन्छन् । किनकी उनीहरुको सोंच समाजका अरु व्यक्तिको सोंच संग मिल्दैन, समाजले उनीहरुको सोंचलाई छिट्टै स्विकार्न, आत्मसाथ गर्न सक्दैन भन्ने उनीहरुलाई थाहा हुन्छ । विचार मिल्न नसकेकै कारण उनीहरु सम्बन्धहरुमा धेरै रमाउन सक्दैनन्।

सामान्य लाग्ने यस्ता लक्षण देखिए आन्द्राको क्यान्सर हुनसक्छ

बजारमा पाइने खाद्यान्न, साग–सब्जीजस्ता कुनै पनि चिज शुद्ध नपाईने अर्थात् औषधी प्रयोग गरेर उत्पादन गरिएका खानेकुराले हाम्रो स्वास्थ्यलाई नराम्रो असर गरिरहेको छ ।

हिजोआजको खानपानका कारण धेरैजसो पेटसम्बन्धी रोग लाग्ने गरेको छ । त्यसमा पनि आन्द्राको क्यान्सर एक गम्भिर समस्या हो । पढ्नुस् यस्ता छन् लक्षणहरु ।

दिसामा रगत देखिनु पेटसम्बन्धी गम्भिर समस्याको संकेत हो । रगत देखिएमा आन्द्राको क्यान्सर हुन सक्छ ।

आन्द्रामा क्यान्सर हुँदैछ भनेविना कारण नै तपाईको तौल घट्दै जान्छ । आफ्नो तौलप्रति संवेदशील हुन आवश्यक छ ।

धेरै थकान महशुस पनि आन्द्राको क्यान्सरको संकेत हुनसक्छ । त्यस्तै, आन्द्रामा परिवर्तन आउनु वा वान्ता हुनु पनि ठूलो आन्द्राको क्यान्सरको संकेत हो ।

यस्तो क्यान्सर पुरुषमा तेस्रो र महिलामा दोस्रो धेरै देखिने क्यान्सर हो । यस रोगको लक्षण पहिचान गर्न पनि निकै गाह्रो हुन्छ, किनभने यस्ता लक्षण अन्य रोग लागेमा पनि देखा पर्छन् ।

३० बर्ष काटेपछि प्रत्येक ५ बर्षमा एक पटक ‘कोलनोस्कोपी’ गराई आन्द्राको क्यान्सरबाट बच्न सक्नुहुन्छ । माथीका कुनै पनि लक्षण देखापरे एक पटक डाक्टरको सल्लाह लिइ सुरक्षित रहनुस्।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु