ऐन महर भन्छन् : “ज्ञानेन्द्र शाही माथिको आ’क्रमण देश, जनता र गणतन्त्रको हितमा”


नेपालका लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीले चितवनमा कुटाइ खाएपछि ऐन महर (अनेरास्ववियूका संयोजक)ले भ्रस्टाचार बिरोधि अभियन्तालाई गरिएको यो आ’क्रमण देश, जनता र गणतन्त्रको हितमा रहेको समाजिक सञ्जालमार्फत बताएका छन ।

सांकेतिक भाषामा उनले शाहीमाथिको आक्रमण देश र जनताको पक्षमा रहेको बताएका हुन् !

फेसबुकमा उनको स्टाटसमा मिश्रित प्रतिक्रिया आएका छन् । कुनैपनि कुराको विरोध गर्नको लागि कुटपिट गर्नुभनेको आफ्नो दादागिरी नै देखाउनु आम मानिसहरुको बुझाइ रहेको छ ।
‍‍‌ऐन महरको फेसकुब स्टाटसमा प्रतिक्रिया दिँदै किरण देउजा लेख्छन् : “कुरा सहि हो। यो क्याम्पस कमिटीको भाईहरुले लेख्न सुहाउने स्टाटस हो। बाकी कुरा तपाईंले बुझ्नुहोला भन्ने आशा राखेको छु।”

चितवन आक्रमणमा घाइते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाही ट्रमा सेन्टरमा उपचारको लागि भर्ना हुँदै। तस्बिर-प्रतिभा चन्द/देश सञ्‍चार

त्यस्तै रोसन न्यौपाने लेख्छन् ” गलत, दाइ तपाईजत्तिको मान्छेले भौतिक होइन बौद्धिक प्रतिस्पर्धा गर्ने हो, लोकतन्त्रमा बोल्ने अधिकार सबैको छ, कानुन छ सभ्य तरिकाले कार्बाही गर्ने माध्यम” ।

ज्ञानेन्द्र शाहीमाथि भएको कुटपीटको विषयमा गगन थापा, रवि लामिछाने, प्रकाश चन्द्र लोहनी लगायतकाले गलत काम भएको भन्दै आफ्नो राय व्यक्त गरिसकेका छन् ।

‍‍

(Visited 37 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु