ज्ञानेन्द्र शाही घ’टनाबारे एसपी मल्लको जवाफ: ‘अटेर गरेका कारण कु’टाइ खाए’


भरतपुर। चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले ज्ञानेन्द्र शाहीले खबर नगरी चितवन आएका कारण घ’टना भएको बताएका छन् । मल्लले चितवनमा थ्रेट छ भन्दा भन्दै पनि शाही ज’बरज’स्ती चितवन आएको बताए । नेकपाका कार्यकर्ताले भरतपुरमा भ्र’ष्ट’चार वि’रोधी अभियन्ता शाहीलाई कु’ट’पि’ट गरेका हुन् ।

‘मैले पनि ज्ञानेन्द्र शाहीलाई चितवन नआउनुहोस् भनेको थिएँ,मल्लले भने’,अटेर गरेका कारण घ’टना भयो ।’ उनले घ’टनास्थलमा तत्काल प्रहरी पुगेकाले थप क्ष’ति नभएको दावी गरे । घ’टनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाई छ ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्ल

दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कु’ट’पि’ट गरेका छन् । शाहीको टा’उको चो’ट लागेको छ ।

शाहीको चितवन मेडिकल कलेजमा प्रारम्भिक चरणको उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । नेकपा कार्यकर्ताको कु’टाइबाट अन्य दुई जना समेत घाइते भएका छन् । ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आ’क्र’मण गरेका थिए ।

आक्रमण भएपछि माइक्रोबाट ज्ञानेन्द्र शाहीलाई बाहिर निकाल्दै उनका सहयोगी र सुरक्षाकर्मी । तस्बिर : अनिल ढकाल

नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बि’थालेका छन् । त्यसक्रममा केहीबेर त’नाव समेत भएको थियो।

इमेची डटकममा प्रकाशित ज्ञानेन्द्र शाही सम्वन्धित समाचारहरु

ज्ञानेन्द्र शाही काठमाडौँ आइपुग्दा बोल्नै नसक्ने अवस्थामा, आमा आईन मिडियामा (भिडियो)

चितवनमा ज्ञानेन्द्र शाहीलाई यसरी गरिएको थियो आ*क्रमण (पुरा भिडियो)

ज्ञानेन्द्र शाही कुटिएपछि युवा संघ संयोजकले भने, रामधु’लाई मिठो हुँदैन

चितवनमा उपचार सम्भव नभएपछि, ज्ञानेन्द्र शाहीलाई काठमाडौं पठाइयो !!

अपडेट : ज्ञानेन्द्र शाही अस्पतालमा, टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चो ट

भिडियोमा हेर्नुहोस : चितवनमा नेकपाका विद्यार्थीहरुले ज्ञानेन्द्र शाहीमाथि गरेको निर्घात कुटपिट

चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट, शाही अहिले प्रहरीको शरणमा

(Visited 35 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु