आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा इलाममा प्रहरी नायब निरीक्षकको ज्यान गयो


इलाम / सवारी दुर्घटनामा परी इलाममा एक प्रहरीको मृ’त्यु भएको छ । आज दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डको छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृ’त्यु भएको हो ।

इटहरी उपमहानगरपालिका–१ सुनसरी स्थायी घर भएका प्रहरी नायब निरीक्षक मगर आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उहाँको मृ’त्यु भएको इलाम नगरपालिका–५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रामसेवक मोचेको इलाम अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 11 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु