चितवनमा ज्ञानेन्द्र शाहीलाई यसरी गरिएको थियो आ*क्रमण (पुरा भिडियो)

चितवन, ११ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुको आ*क्राम*णबाट घा*ईते भएका ज्ञानेन्द्र शाहीको एक भिडियो बाहिरिएको छ । बाहिरिएको भिडियो कुटपिट भएपछिको हो । माइक्रोबसमा रहेका शाहीलाई निर्घात कुटपिट गरेपछि खिचिएको यस भिडियोमा हेर्दा उनको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ । रक्ताम्मे हुनेगरी कुटपीटको शिकार भएका ज्ञानेन्द्रलाई त्यसपछि उपचारको लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा पुर्याइएको थियो ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही ग*म्भिरता देखिएपछि थप उपचारका लागि शाहीलाई यति एयरलाइन्सको अन्तिम फ्लाईटमार्फत काठमाडौं पठाइएको हो ।
आज दिउँसो चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कु*टपि*ट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तो*डफो*ड गरेको छ ।
प्रहरीका अनुसार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आ*क्र*मण हुँदा शाही घा*इते भएका थिए । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चो*ट लागेको छ । ढुं*गा प्र*हाबाट गाडीको चारैतर्फका सिसा समेत फुटेको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पनि नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्