चितवनमा उपचार सम्भव नभएपछि, ज्ञानेन्द्र शाहीलाई काठमाडौं पठाइयो !!


चितवन । अज्ञात समूहको आक्रमणबाट घाईते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौंमा पठाइएको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भि,रता देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

शाहीलाई यति एयरलाइन्सको अन्तिम फ्लाईटमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

शाहीलाई आज दिउँसो भरतपुरको चौबिसकोठीस्थित ग्लोबल होटलमा अज्ञा,त समूहले कु,टपिट गरेका थिए । शाहीले आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भन्दै आएका थिए ।

प्रहरीका अनुसार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्र,मण हुँदा शाही घाइते भएका थिए । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चो,ट लागेको छ । ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ ।

आकस्मिक कक्षमा उपचार भैरहेको ज्ञानेन्द्र शाहीको यस्तो छ अवस्था

चितवन । आक्रमणमा घाइते भएका ज्ञानेन्द्र शाहीको उपचार भइरहेको छ । चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भ्रष्टाचार विरुद्धको अभियान भन्दै कार्यक्रम गर्न चितवन पुगेका शाहीमाथि आज दिउसो आक्रमण भएको थियो । आक्रमणमा शाहीसँगै उनी पक्षका अन्य आठ जना घाइते भएका थिए । एक जना आक्रमणकारी श्याम थापा घाइते छन् । उनको पनि आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

कार्यक्रमस्थल चौविसकोटीमा जाने क्रममा चितवनको ग्लोबल होटलबाट निष्किने क्रममा शाहीमाथि आक्रमण भएको थियो । पाँच/छ जनाको संख्यामा आएको युवाको समूहले शाही माथि आक्रमण गरेको थियो ।

ढुंगाप्रहारबाट क्षति भएको गाडी । यही माइक्रोमा ज्ञानेन्द्र शाही थिए ।

शाही चढेको माइक्रो बसमा पनि आक्रमण,कारीले तोडफोड गरेका छन् । चितवनको चौविसकोटीमा आयोजना गरिएको कार्यक्रमलाई शाहीले संबोधन गर्ने तयारी गरिरहेका थिए ।

केही दिन अगाडि नेपालगन्जबाट काठमाडौं आउने क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई अप,शब्द प्रयोग गरेको तथा हु,लहुज्जत गरेको अभि,योगमा शाहीलाई प्रहरीले नियन्त्र,णमा लिएर छोडेको थियो ।

शाही आफूलाई भ्रष्टाचार,विरोधी नागरिक अभियन्ता बताउँदै आएका छन् ।

आक्रमण भएपछि माइक्रोबाट ज्ञानेन्द्र शाहीलाई बाहिर निकाल्दै उनका सहयोगी र सुरक्षाकर्मी । तस्बिर : अनिल ढकाल

(Visited 28 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु