आकस्मिक कक्षमा उपचार भैरहेको ज्ञानेन्द्र शाहीको यस्तो छ अवस्था

चितवन । आक्रमणमा घाइते भएका ज्ञानेन्द्र शाहीको उपचार भइरहेको छ । चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भ्रष्टाचार विरुद्धको अभियान भन्दै कार्यक्रम गर्न चितवन पुगेका शाहीमाथि आज दिउसो आक्रमण भएको थियो । आक्रमणमा शाहीसँगै उनी पक्षका अन्य आठ जना घाइते भएका थिए । एक जना आक्रमणकारी श्याम थापा घाइते छन् । उनको पनि आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
कार्यक्रमस्थल चौविसकोटीमा जाने क्रममा चितवनको ग्लोबल होटलबाट निष्किने क्रममा शाहीमाथि आक्रमण भएको थियो । पाँच/छ जनाको संख्यामा आएको युवाको समूहले शाही माथि आक्रमण गरेको थियो ।
शाही चढेको माइक्रो बसमा पनि आक्रमण,कारीले तोडफोड गरेका छन् । चितवनको चौविसकोटीमा आयोजना गरिएको कार्यक्रमलाई शाहीले संबोधन गर्ने तयारी गरिरहेका थिए ।
केही दिन अगाडि नेपालगन्जबाट काठमाडौं आउने क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई अप,शब्द प्रयोग गरेको तथा हु,लहुज्जत गरेको अभि,योगमा शाहीलाई प्रहरीले नियन्त्र,णमा लिएर छोडेको थियो ।
शाही आफूलाई भ्रष्टाचार,विरोधी नागरिक अभियन्ता बताउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस्