पाल्पाको सिद्धबाबामा गुडिरहेको बसमाथि ढुंगा खस्यो, पाँच यात्रु घाइते


रुपन्देही र पाल्पाको सीमा नजिकै रहेकोे दोभान-सिद्धबाबा सडकखण्डमा गुडिरहेको बसमा ढुंगा खस्दा पाँच जना यात्रु घाइते भएका छन् ।

तानसेनबाट बुटवल आउँदै गरेको लु १ ख ६१८० नम्बरको बसमाथि ढुङ्गा खसेको हो । ढुंगा खस्दा बस चालक तिलोत्तमा नगरपालिका-४ का वषर्ीय कमल राउतसहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा वालिङ नगरपालिका १४ की ३८ वर्षीया रोमादेवी डुम्रे, नौतुना भारतकी २६ वर्षीया श्रीमाया साहानु, तिनाउँ गाउँपालिका-६, मस्याम ५२ वर्षीय टिकाराम भण्डारी र माथागढी-५, हात्तीलुङका २३ वर्षीय सन्तोष चौहान छन् ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि भइरहेकोे दोभान प्रहरी चौकी प्रमुख बालबहादुर घर्तिमगरले बताए ।

बसमा २० जना यात्रु सवार रहेका थिए । अरु भने सुरक्षित छन् ।

(Visited 11 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु