अनुहारको छाला चम्किलो बनाउन प्रयोग गर्नस यि घरेलु औषधीहरु


आज हामी तपाइहरुलाई अनुहारको छाला कसरी चम्किलो बनाउने भन्ने बारेमा केही घरेलु औषधीहरुको जानकारी दिन गइरहेका छौं ।

घ्यूकुमारी घ्यूकुमारी छालामा दल्नाले छाला तलको रक्त शुद्धीकरण हुन्छ । अनुहारमा घ्यूकुमारी दल्नाले डन्डीफोर, चिलाउने, छाला सुन्निने, छाला फुस्रो हुने आदि समस्या पनि कम हुन्छ । साथै घ्यूकुमारी लगाउनाले छालामा रहेका दाग बिस्तारै हराउँदै जान्छ ।

नीम छालामा रहेका टक्सिनलाई नीमले हटाउने गर्छ । साथै डन्डीफोरलाई पनि हटाउँछ । यसका लागि नुहाउनुभन्दा आधा घण्टाअघि पानीमा नीम पत्ता हाल्नुपर्छ र त्यही पानीले नुहाउने गर्नुपर्छ ।

बेसार सुन्दर बन्न छालामा बेसार दल्ने चलन धेरैतिर छ । बेसनमा बेसार र चन्दन मिसाएर छालामा दल्ने गर्नाले छाला सफा र चम्किलो बन्दै जान्छ । दूधमा एक चिम्टी बेसार मिसाएर दिनहुँ खाने गर्नाले छाला राम्रो हुँदै जान्छ ।

चन्दन छालामा जम्मा भएका विषाक्त पदार्थलाई चन्दनले हटाउने गर्छ र छालालाई सफा, चम्किलो राख्छ । चन्दनलाई नरिवलको तेलमा मिसाई शरीर मसाज गर्नाले पूरै शरीरको छाला सफा हुन्छ र शरीरलाई आराम मिल्छ ।

गुलाब गुलाबमा भिटामिन–सी प्रशस्त पाइन्छ । त्यही भएर गुलाबजल सुत्नुअघि अनुहारमा दल्नाले डन्डीफोर, पोतोलगायत छालाका समस्या कम हुन्छन् र छाला चम्किलो बन्छ ।

र यो पनि पढ्नुहोस्

यी ६ घरेलु उपाय जसले चिसोबाट छालालाई बचाउँछ

काठमाडौं । जाडो महिना सुरु हुनासाथ कयौं मानिसहरु आफ्नो छालाको समस्यालाई लिएर चिन्तित हुने गर्छन् । जाडोमा प्राय पुरुषभन्दा महिलाहरु आफ्नो छालालाई लिएर बढी चिन्तित हुने गर्छन् । तर, यी समस्याहरुलाई घरमा नै रहेका केही उपायहरु अपनाए समाधान गर्न सकिने छ । ब्यूटी एक्सपोर्टका अनुसार घरम रहेका सामाग्रीहरुको प्रयोगले पनि फेसीयल जसलाई २ वा ३ पटक प्रयोग गरी अनुहारको ग्लो बढाउन सकिन्छ ।

१. दही र बेसारको फेस प्याकः एक चम्चा बेसार र एक चम्चा दही मिसायर अनुहारमा लगाउनुहोस । १५ मिनेट पछि अनुहार धुनुहोस् यसले छालामा निखार ल्याउँछ ।

२. बेसार र महको फेस प्याकः मह र बेसारमा थोरै गुलाब जल मिसाउनुहोस् । यसलाई आफ्नो घाटी र अनुहारमा लगाउनुहोस । यसले अनुहारको रिङकल्स हटाउँछ ।

३. आलु र दहीको फेस प्याकः एउटा आलुलाई मिक्सरमा हालेर धुलो बनाउनुहोस् र त्यसको धुलो एक चम्चा र एक चम्चा दही मिसाउनुहोस् । यसरी तयार पारिएको पेस्टलाई अनुहारमा लगाउनुहोस् । १५ मिनेट पछि धुनुहोस् । छालाको रङ्ग नै बद्लीने छ ।

४. महको फेस प्याकः एक चम्चा महमा २ चम्चा पानी मिसाउनुहोस् । त्यसलाई राम्रोसँग घोलेर अनुहारमा लगाउनुहोस र केही समयमा धुनुहोस् । यसले तपाइको छालामा निखार आउने छ ।

५. गाजर फेस प्याकः २ वटा गाजरलाई घुलो बनाएर त्यसमा आधा चम्चा मह मिसाउनुहोस् । त्यसलाई आनुहारमा १५ मिनेटसम्म राखेपछि पानीले धुनुहोस् ।

६. बेसार र चन्दनको फेस प्याकः थोरै बेसार र चन्दन मिसाउनुहोस् । यसले अनुहारमा २ देखि ३ मिनेटसम्म मसाज गर्नुहोस । १० मिनेट पछि अनुहार धुनुहोस् । यसो गर्दा अनुहारको चमक बढ्ने छ ।

(Visited 10 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु