भिडियोमा हेर्नुहोस : चितवनमा नेकपाका विद्यार्थीहरुले ज्ञानेन्द्र शाहीमाथि गरेको निर्घात कुटपिट


११ असोज, चितवन । ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ ।

अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका हुन् । लगतै शाहीमाथि कुटपिट भएको छ ।

चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ ।

कुटपिट भएपछि उद्धार गर्दै प्रहरी।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ ।

र यो पनि पढ्नुहोस्

अपडेट : ज्ञानेन्द्र शाही अस्पतालमा, टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चो ट

कुटपिट गर्ने व्यक्तिहरुले चितवनलाई राजनीतिक अखडा बनाउन पाइदैन भन्दै कार्यक्रमको स्टेज समेत भत्का एका छन् । उनीहरुले चितवनलाई राजनीतिक अखडा बनाउन पाइदैन भन्दै नाराबाजी समेत गरेका हुन् ।

नेकपा समर्थित युवा संगठनहरुले ज्ञानेन्द्र शाही विभिन्न जिल्ला प्रवेश गर्न रोक लगाएका छन् । केही समयदेखि चर्चामा रहेका ज्ञानेन्द्र नेपालगञ्जमा पर्यटनमन्त्रिसँग भएको वादविवादका कारण बढी चर्चामा आएका हुन् ।

कुटपिटको भिडियो

(Visited 17 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु