गृहमन्त्री राम बहादुर थापा चढेको हेलिकोप्टर आकास्मिक अवतरण


काठमाडौं। गृहमन्त्री राम बहादुर थापा ‘बादल’चढेको हेलिकोप्टर गन्तव्यमा नपुगिकनै रामेछापमा मौसमको कारण आकास्मिक अवतरण गराइएको छ ।

सुरक्षा गोष्ठिमा भाग लिन काठमाडौंबाट जनकपुर जाने क्रममा बाक्लो कुहिरो लागेपछि रामेछापको मन्थली विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।

फाइल तस्विर : गृहमन्त्री रामबहादुर थापा ‘बादल’

नेपाली सेनाको एमआई–०५६ हेलिकोप्टर मन्थली विमानस्थलमा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । हेलिकोप्टरमा गृह मन्त्री थापासँग गृह सचिव प्रेम कुमार राई पनि रहेका छन् ।

(Visited 49 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु