मोरङ्गको उर्लाबारीमा स्कोरपिओको ठक्करबाट पूजाको ज्यान गयो


मोरङ / मोरङको उर्लाबारीमा स्कोरपिओ गाडीको ठक्करबाट महिलाको मृ’त्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी–७ मा गाडीको ठक्करबाट तेह्रथुम लालीगुराँस नगरपालिका– ९ की ३६ वर्षीय पूजा रम्तेलको मृ’त्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

उनका अनुसार बाटोमा हिंडिरहेकी महिलालाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १६ च ५५३२ नम्बरको स्कोरपिओले शुक्रबार राति ८ बजे ठक्कर दिएर घाइते बनाएको थियो ।

गुगल म्यापमा मोरङ्गको उर्लाबारी ।

घाइते महिलाको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा शनिबार बिहान मृ’त्यु भएको डीएसपी खिँउजुले बताए । स्कोरपिओ र चालक काठमाडौं दक्षिणकाली–७ का ४४ वर्षीय कृष्णमुरारी अर्याललाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

(Visited 11 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु