फेरि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं । घटस्थापनाको दुई दिनअघि सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । बुधबार ६ सयले बढेको सुनको मूल्य तोलामा बिहीबार एक हजारले घटेको छ ।
बुधबारको तुलनामा बिहीबार बजारमा सुन एक हजार र चाँदी २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २५ रुपैयाँले घटेर प्रतितोला ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
(Visited 37 times, 1 visits today)
प्रतिकृया दिनुहोस्