प्रेमी पाउन गाह्रो भो-इन्दिरा जोशी….


अविवाहित सुन्दरीको रुपमा सुपरिचित गायिका इन्दिरा जोशीले प्रेम बिबाह गर्ने बताएपनि उनको मन र सांगीतिक क्षेत्र वुझिदिने कुनै पुरुष नआएको उनि बताउछिन् । उनका ३ जना दिदीको मागी बिबाह भयता पनि आफूले प्रेम बिबाह गर्ने सोच उनले राखेकी छिन् ।उनि भन्छिन ” यो क्षेत्र बुज्ने प्रेमी पाउँन गाह्रो छ ।”

उनलाई अग्लो केटा मनपर्ने बताउछिन् !

हैट इन्दिरा, हट इन्दिरा

गायिका इन्दिरा जोशी हिजोआज निकै चर्चामा छन् । युटुबमा इन्दिराका भिडियो राम्रै खोजिन्छन् । यसको पछाडि ‘नेपाल आइडल’ले महत्वपूर्ण भूमिका खेलेको छ । ‘नेपाल आइडल’को निर्णायक भएपछि इन्दिरालाइ धेरैले पछ्याउन थालेका हुन् ।

केही गीतका कारण चर्चामा रहेकी इन्दिरालाइ धेरैले हट गायिकाको रुपमा चिन्छन् । स्टेज कार्यक्रममा दर्शकलाइ जुरुजुरु पार्न उनी सिपालु छिन् । उनै, इन्दिरा अहिले देशभरबाट आएका प्रतिभाहरुबाट उत्कृष्ट एक प्रतिभा छान्न लागिपरेकी छिन् ।

काठमाडौं सानो भएपनि यहाँ धरैथोक पाइन्छ : इन्दिरा जोशी

आजको नागरिक काष्ठमण्डपमा इन्दिरा जोशीसँगको कुराकानी प्रकाशित छ । कुराकानीको केही अंश:

नेपालभित्र मनपर्ने सहर ?

-मेरो सबैभन्दा प्यारो सहर पोखरा हो ।

नेपाल बाहिर कुन-कुन देशका सहर घुम्नुभएको छ ?

-मैले झण्डै ३० देशको सह घुमेको छु । अस्ट्रेलिया, जापान, जर्मन, सिंगापुर, बेलायत, चीन, कोरिया, दुबई, कतार, इटली, क्यानडा, स्विट्जरल्यान्ड, फ्रान्सलगायत देश पुगेकी छु ।

ती देशमा मननपर्ने सहर ?

-इटलीको भेनस

हाम्रो देशका सहर र विदेशी सहरबीच भिन्नता ?

-नेपालबाट बाहिरिनासाथ प्रदूषण धुलो देख्नुपर्दैन । तर, बाहिर छिरेर आफ्नो देश छिर्दा आफ्नो देशप्रति दया लाग्छ । जताततै फोहोर र प्रदूषण मात्रै देखिन्छ । नेपालको जस्तो हावापानी र हरियाली भने अन्तका सहरमा पाइदैन ।

उपत्यकाको सबैभन्दा राम्रो लाग्ने पक्ष ?

-यो सानो ठाउा भए पनि यहाँ धरैथोक पाइन्छ । जस्तै खानेकुरा, घुम्ने र मनोरञ्जन गर्ने ठाउँ, सबैखाले सरकारी सेवा सुविधा । यहाँको मौसम पनि राम्रो लाग्छ । यी कुरा सम्झँदा उपत्यका बस्न मन लाग्छ ।

यहाँका मननपर्ने पक्ष ?

-ट्राफिक जाम र प्रदूषण ।

उपत्यकाको मनपर्ने खानेकुरा ?

-नेवारी खाजा मनपर्छ ।

(Visited 48 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु