हिजोसम्म बढेको सुनको भाउ घट्न थाल्यो, थाहा पाउनुहोस् कति छ त आज तोलाको ?


लगातार रुपमा बढीरहेको सुनको भाउ साताको अन्तिम दिन भने घटेको छ। आज साताको अन्तिम दिन शुक्रबार सुनको भाउ दुई सय रुपैयाले घटेको छ। नेपाली बजारमा आज ७० हजार ८ सय रुपैयामा कारोबार भईरहेको छ। हिजो प्रतितोला छापावाल सुन ७१ हजारमा कारोबार भएको थियो।

आज सुनको भाउ सँगै चाँदीको भाउ पनि घटेको छ। आज ५ रुपैयाले घटेर चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोवार भईरहेको छ।

सुनको भाउ बढेसँगै पुराना सुनका गरगहना साट्न जाने मानिसहरुको संख्या बढ्न थालेको छ । तर पुराना गर गरहना साट्न जाने आम मानिसहरुले बढेको सुनको भाउ नपाउने गरेको गुनासो सुनिदै आएको छ । चलनचल्तिको भाउ भन्दा तोलामा ४ देखि पाँच हजार कममा सुन बिक्रि गर्नु परेको एक ग्राहकले हामीलाई बताए । सोसँगै ज्याल र जर्तिको भाउ पनि नपाएको उनीजस्तै सुन बेच्न जाने आम मानिसहरुको गुनासो रहेको छ ।

यसबारेमा हाम्रो स्टोरी पढ्नुहोस् : सर्वसाधारणका लागि सुन बजार : किन्दा सुन, बेच्दा गुन्‍द्र‍ुक

(Visited 22 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु