काठमाण्डौ–नागढुंगा–नौबिसे सडकखण्डको जामले मृगौला पीडीतको ज्यान गयो !


काठमाडौं, असोज १० । काठमाण्डौ–नागढुंगा–नौबिसे सडकखण्डको जामले रौतहका एकजना दुबै मृगौला फेल भएका विरामीको मृ’त्यु भएको छ ।

जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाहको गएराती थाँक्रे गाउँपालिका २ मा ज्यान गएको हो । दुबै मृगौला फेल भएपछि उनी परिवारसहित काठमाडौं आएका थिए ।

अहिले शाहको शव पोष्टमार्टमको लागि थात्रले गाउँपालिका ६ मा राखिएको प्रहरीले जनाएको छ ।

र यो पनि पढ्नुहोस्

काठमाण्डौबाट मलेखु पुग्नै ९ घण्टा, पर्यटक सोध्छन् : यस्तो पनि देशको मुख्य राजमार्ग हुन्छ ?

काठमाण्डौ – काठमाण्डौबाट नौ जना विदेशी पर्यटकसहितको गाडी लिएर पर्यटक गाइड विरोध बुर्लाकोटी बिहान साढे ८ बजे ठमेलबाट पोखराको लागि हिँड्नुभएको थियो । उहाँलाई नागढुंगा पुग्नै २ घण्टाजति लाग्यो । नागढुंगा नपुग्दै नै पर्यटकहरु छटपटिन थालेका थिए । तर नागढुंगाभन्दा तलको बाटोमा जामको कुरा गरिसाध्ये थिएन । जामको कुनै खास कारण थिएन । साँघुरो बाटोमा ठूला गाडी र साना मोडमा गाडीको गति कम हुँदा सयौँ गाडी जाममा थिए । नेपालीलाई भन्दा पनि विदेशी पर्यटकलाई सम्झाउनै मुश्किल परेको गाइड बुर्लाकोटीको भनाइ छ ।

पर्यटकलाई शौचालयको समस्या भयो । बाहिर शौच नगर्ने उनीहरु यात्राबाट आत्तिएका थिए । बल्लतल्ल भेटिएको शौचालयमा २० रुपैयाँ प्रतिव्यक्तिका दरले शौचालय गराएको बुर्लाकोटीले बताउनुभयो । भोक लागेर पनि पर्यटकले हैरानी बेहोरेका थिए । ‘बाटोमा राम्रा होटल पनि थिएनन्, पर्यटकले निकै नरमाइलो मानिरहेका थिए’, बुर्लाकोटीले भन्नुभयो, ‘केही पर्यटकले त कुनै देशको मुख्य राजमार्ग यस्तो हुन्छ ? भन्ने प्रश्न गरिरहेका थिए ।’बल्लबल्ल जाम छिचोल्दै उहाँ साढे ३ बजे मात्रै नौबिसे पुग्नुभएको थियो । बेलुका साढे पाँच बजे मात्रै उहाँ मलेखु पुग्नुभयो ।

पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

(Visited 32 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु