भोलि देखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने


काठमाडौं । नेपाल राष्ट्रबैंकले दशैलाई लक्षित गरी शुक्रबार देखि प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही गर्ने तयारी गरेको छ । यसवर्ष करिब १३ अर्ब रुपैयाँ बराबरको सुकिला र नयाँ नोट सटही गर्ने राष्ट्र बैंकले जनाएको छ । यसपटक राष्ट्रबैंकले पहिल्ये नै छापिएका सुकिला नोट समते उपलब्ध गराउने भएको हो ।

प्रत्येक वर्ष दशैको बेला नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यसपटक सुकिला र नयाँ नोट मिलाएर वितरण गर्ने भएको छ । चाडपर्वका बेला वितरण गरिने नोटको हिफाजत नभए पछि यस पटक देखि राष्ट्रबैंकले सुकिला नोट समेत सटही गर्ने भएको हो । राष्ट्र बैंकले एक व्यक्तिलाई ५, १०, २०, ५० र १०० दरका नोट बढीमा १८ हजार ५ सय रुपैयाँ नयाँ नोट र त्यो त्यो भन्दा माथि सुकिला नोट उपलब्ध गराउने जनाएको हो ।

राष्ट्र बैंकले नयाँ नोटको प्रयोगमा ध्यान दिन सर्वसाधारणसँग आग्रह समेत गरेको छ । नायाँ नोटको हिफाजत नहुँदा वार्षिक ३० करोड रुपैयाँ नोक्सानी व्योहोर्नु परेको राष्ट्र बैंकको भनाई छ । बजारमा चलनचल्तीमा जम्मा ५ खर्ब रुपैयाँ बराबरको नोटहरु छन् । सर दरमा कुनैपनि नोटको आयु ३ वर्षको हुन्छ । तर नोटको हिफाजत नहुँदा आयु कम हुने भएकाले राष्ट्र बैंकलाई वार्षिक करौडौं रुपैयाँ नोक्सानी भइराखेको छ ।

राष्ट्र बैंकले पुराना तथा काम नलाग्ने गरी विग्रीएका नोटलाई जलाएर नष्ट गर्ने गरेको छ। यस पटकको दशैंका लागि असोज १७ गते सम्म राष्ट्रबैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकाश बैंकबाट नोट सटहीको व्यवस्था गरेको छ। तर यसवर्ष बैंकले नोट सटहीमात्र नभएर नोटको हिफाजत गरेर प्रयोग गर्न समेत आग्रह गरेको छ ।

थापाथली कार्यालयबाट नयाँ नोट नपाइने

राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो । तर, यसपटक राष्ट्र बैंकले रकम वितरण गर्ने सूचीमा थापाथली कार्यालय छैन । थापाथलीस्थित कार्यालयको भवन पुनर्निर्माणको काम जारी रहेकाले यस वर्ष थापाथलीबाट नयाँ नोट नबाँड्ने राष्ट्र बैंकले जनाएको छ ।

उसले मुद्रा व्यवस्थापन विभाग, बालुवाटारबाट नयाँ नोट वितरणको चाजोपाजो मिलाइएको जनाएको छ ।

काठमाडौं उपत्यकाका यी स्थानबाट पाइन्छ नयाँ नोट

उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा कार्यालयले पनि असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट उपलब्ध गराउने छन् ।

राष्ट्र बैंकका अनुसार, कृषि विकास बैंकले काठमाडौं उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट बाँड्दै छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ ।

राष्ट्र बैंकले यसका अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउँदै छ । राष्ट्र बैंकका अनुसार, आफ्ना खाता भएका वित्तीय संस्थाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्नेछन् ।

उपत्यका बाहिर कहाँ-कहाँबाट पाइन्छ ?

राष्ट्र बैंकले काठमाडौं उपत्यकासँगै अन्य जिल्लामा पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । यद्यपि, उपत्यकाको तुलनामा बाहिर निकै कम स्थानबाट रकम सटही गर्ने सुविधा छ ।

राष्ट्र बैंकका अनुसार, उसका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुनेछ ।

उपत्यकाभित्र अन्य बैंकमार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैंकले उपत्यकाबाहिर भने अन्य बैंकबाट नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छैन ।

सहकारी संस्थाले सहकारी बैंकबाट लिनुपर्ने

अघिल्ला वर्षहरुमा राष्ट्र बैंकले सहकारी संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउँथ्यो । कार्यालयको चिठी लगेर सहकारी संस्थाहरुले नयाँ नोट साट्थे र आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँथे ।

तर, यसपटक सहकारी संस्थाहरुलाई राष्ट्र बैंकले सीधै नयाँ नोट वितरण नगर्ने प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । निरौलाका अनुसार राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकलाई नयाँ नोट दिनेछ र सहकारी संस्थाहरुले राष्ट्रिय सहकारी बैंकमा गएर नयाँ नोट लिन पाउने छन् ।

धेरै भिडभाड भएको र झन्झटिलो भएकाले यस वर्ष सीधै सहकारी संस्थाहरुलाई रकम वितरण नगरिने निरौलाले बताए ।

(Visited 41 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु