लमजुङ, तनहु, धादिङ र चितवनमा भूकम्प !


चितवन , चितवनमा भुकम्पको धक्का महशुस भएको छ । आज राति ६ः४५ बजे भुकम्पको धक्का महशुस गरिएको हो । यो भूकम्प धक्का गोरखा जिल्लामा पनि महसुस गरिएको त्यहाँका स्थानियबासीले हामीलाई जानकारी दिएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४।७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

लमजुङ, तनहु र धादिङमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

केही समयदेखि लगातार रुपमा देशका विभिन्न स्थानहरुमा भूकम्पको धक्का मसहसुस गर्न थालिएको छ । यसले मानिसहरुमा भित्रभित्रै डर त्रास उत्पन्न भैरहेको छ ।

सामान्यतया ५ रेक्टर स्केल भन्दा तलका भूकम्पले खासै क्षति नपुर्याउने भूकम्पविदहरुले बताउँदै आएका छन् ।

(Visited 12 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु