कुलमानको अर्को फड्को: ४१७ मेगावाटको जलविद्युत आयोजना जापान सरकारले बनाउने


९ असोज, काठमाडौं । जाजरकोटमा अवस्थित ४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत परियोजना अघि बढ्ने भएको छ ।

जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र जापानी विकास नियोग (जाइका) का कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहिवार भएको भेटवार्तामा उक्त परियोजनालाई अघि बढाउने विषयमा सहमति भएको हो ।

मन्त्री पुनले उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधवार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथामत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेका थिए ।

जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र जापानी विकास नियोग (जाइका) का कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहिवार भएको भेटवार्तापछि खिचाइएको सामूहिक तस्विर ।

भेटवार्तामा उर्जामन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी थिए ।

उर्जामन्त्री पुनले जाइकाले पीपीपी मोडेलमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको जानकारी दिए । उनकाअनुसार उक्त परियोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ ।

‘जाइकासँगको छलफल अत्यन्तै सकरात्मक भएको छ, डिपिआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिवद्धता जनाउनुभएकोले पनि चाँडै यसले मूर्त रुप पाउनेमा म आशावादी छु,’ मन्त्री पुनले भने ।

त्यसका साथै छलफलको क्रममा जाइकाका उपाध्यक्षको शिकावाले नेपालको उर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाए ।

भेटमा मन्त्री पुनले नेपालमा हाल पांच वर्षको लागी स्थायी सरकार रहेको भन्दै थप लगानीका लागी आग्रह गर्नुभयो । उहांले नेपालमा जलविद्युतको बजार समेत सुरक्षित रहेको र नाफा समेत सजिलै लिन सकिने अवस्था सरकारले बनाएको दावी समेत गरे।

मन्त्री पुनले कुलेखानी जलाशययुक्त आयोजना र कन्काई सिँचाइ आयोजनामा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित विजुली बेच्नका लागि भारत र बंगलादेशसंग सम्झौता भइसकेको मन्त्री पुनको भनाई थियो । उनले उत्पादित विजुलीको लागी आन्तरिक र बाहृय बजार बनाउन सरकार सक्षम रहेको धारणा समेत राखे ।

(Visited 21 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु