समाज सेवी तथा कलाकर सुन्तलीको आज जन्म दिन, HBD लेखेर कमेन्ट गर्नुहोस्

Loading...
ईमेची डेक्स | अन्तिम पटक अपडेट गरिएको : October 24th, 2019,

आज हाँस्यकलाकार सुन्तलि अर्थात कुन्जना घिमिरे को जन्मदिन परेको छ । उनि ललितपुरमा जन्मेकी हुन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिश्रृंखला मेरी बास्सै’ मा सुन्तली’ को भुमिका निभाए पछाडि उनि निकै चर्चित भएकी हुन् ।

उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको थियो। उनले हास्य टेलिश्रृंखला मेरी बास्सै’ बाटनै धेरै फ्यान कमाएकी हुन् । उनलाई अझै पनि दर्शकहरुले सुन्तली नामले चिन्ने गर्दछन् । उनको जन्मदिनमा उनका श्रीमान अर्थात् हाँस्यकलाकार सिताराम कट्टेल ९धुर्मुस० ले सामाजिक संजालमार्फत मनछुने शुभकामना दिएका छन् ।

कुन्जनाले आफ्नो जन्म दिन ससाथिभाई तथा आफन्तका साथ मनाएकी छिन् । कुन्जनासंगको एक तस्विर शेयर गर्दै उनले यस्तो लेखेका छन्, ‘मायाको महत्व तिमीले सिकायौ, दयाको देवत्व तिमीले जगायौ । दुःख र कष्ट दबाउन सघायौ, चुनौतिलाई चिर्न पाईला अघि बढायौ । समग्रमा भन्दा अपुरो, अधुरो मेरो यो जीवनलाई पूरा मात्र होइन हराभरा बनायौ । मनकी रानी, तिमीलाई जन्मदिनको करोडौ शुभकामना ।”

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु