भुकम्पले लडेका घरहरु सुन्दर बनाएपछि श्वेता खड्काले लेखिन् भावुक स्टाटस


भुकम्पले लडेका घरहरु उठाउदैँ श्वेता खड्काले यस्तो स्टाटस् लेखेकी छिन्ः गत २०७३, माघ १४ गते पहिलो पटक माझी बस्तिमा पाइला टेक्दा त्यहाँका दाजुभाइ तथा दिदी बहिनिहरुको आँखामा म प्रतीको आशा भरोशा र विश्वासलाई पढेको थिएँ ।

भुकम्पले ढालेका घरहरुलाई उठाउन मद्दत गरिदिने एउटा दरिलो हात र भुकम्पले थलिएर शिथिलभएका आत्माहरुलाई आँट, भरोशा र हिम्मत दिने एउटा अटुट साथको खोजी गरिरहेका स्थानियहरुसंग अंकमाल गरिरँदा म भित्र एउटा भिन्नै इक्ष्याशक्तीको उत्पत्ती भएको थियो ।

त्यही इक्ष्याशक्ति अनुरुप मैले स्थानीयहरुको भिडमा माझी बस्तिका ढलेकाघरहरुलाई उठाउने र उहाँहरुको काँधमाकाँध मिलाएर हिंड्ने प्रतिवद्दता जाहेर गरेको थिएँ । साँच्चै, त्यो प्रतिवद्दता जाहेर गरिरहँदा म एक्लो थिएँ र रित्तो थिएँ । पहिलो पटकको त्यो भ्रमण सकेर काठमाडौतिर फर्किरहँदा, मैले बाटोभरी मनमनै एउटा सुन्दर, सफा र शान्त बस्तीको चित्र कोरिरहेको थिएँ ।

माझीटोलका युवाहरुले म प्रती दर्शाएको आशा र भरोशा अनी मलाई दिएको आँट शाहस र हिम्मतले म भित्र उब्जाएको उर्जानै मेरो लागि पहिलो शक्ती बन्यो । त्यसमा पनि आज म एक्ली छैन, म मेरा सहयोगी र शुभचिन्तकहरुको घेरामा घेरिएकी छु । मसंगै पाइला मिलाएर माझीटोल बनाउने यात्रामा साथ दिने धेरै सहयात्रािहरु पाइरहेकी छु । त्यही सहयोग, सहयात्राा र समन्वयको परिणाम स्वरुपनै माझी टोलले बिस्तारै एउटा सुन्दर र स्वर्गिय बस्तिको स्वरुप लिंदैछ ।

त्योबेला मैले मनमनै कोरेको सुन्दर बस्तीको खाकाले यतीखेर साकार रुप लिने क्रममा छ । भुकम्पले कुरुपबनाएको माझी बस्तीमा अहिले एकै आकार, एउटै रङ्ग र एकै प्रकारका ५४ वटा घरहरु मुसुक्क मुस्कुराईरहेका छन् । म, ति घरहरुसंगै स्थानियहरुको ओंठमा मुस्कान खुलेको अनुभुती गरिरहेकीछु ।

नेपाल सरकार लगाएत सिन्धुपाल्चोकका स्थानीय सरकारी निकाय र जननिर्वाचित प्रतीनिधीहरुबाट प्राप्त निरन्तर सहकार्य , संचारकर्मिहरुले लेखिदिने र बोलिदिने मिठा शब्दहरु, निस्वार्थमन लिएर सकेको सहयोग गर्ने मनकारी दाताहरुबाट प्राप्त आर्थिक, भौतिक र नैतीक सहयोग अनी मेरा शुभचिन्तकहरुबाट प्राप्त उत्प्रेरणाहरुकै कारण आज माझी बस्तीका ३२२ जना सदस्यहरुले नयाँ जीवन पाउँदैछन् ।

एकिकृत माझी बस्ति म एक्लैको पेवा पक्कै होइन, यो तपाईं हामी सबैको साझा सम्पत्ती हो । यस्को बिकास र संरक्षणमा तपाईं हामी सबैले सकेको देन दिनु हामीसबैको कर्तब्य पनि हो । हामीले आआफ्नो तर्फबाट सानो प्रयास गर्ने हो भुकम्पले लुटेको माझी दाजुभाइ तथा दिदिबहिनीहरुको खुशीलाई फर्काउनमा हामी सफल हुनेछौ । अर्को खुशीमा आफ्नो खुशी देख्नेहरुको हृदयमा मात्र मानवियता बाँचेको हुन्छ ।


आफ्नै खुशी र सुखको निमित्त मात्रा बाँच्नेहरुको जीवन कहिल्यै सर्थक हुँदैन । आफ्नो जीवनलाई सार्थक बनाउनको लागि पनि समाज र देशको निमित्त सानै भएपनी देन दिनै पर्छ । आफ्नो लागि त जनावर र किरा फट्याङ्ग्रा पनि बाँच्छन् । तर, हामी मानवहौ ! प्रक्रितीको महान स्रुस्टीनै मानव हो, मानविय जीवनको प्रमुख धर्म भनेको सेवानै हो । अत: यो धर्मलाई आत्मसाथ गर्दै आआफ्नो क्षेत्रबाट हामी सबैले सक्दो देन दिने कार्यमा लाग्नै पर्छ ।

एकिक्रित नमुना माझी बस्ती निर्माणमा मेरो अगुवाईलाई मैले, मेरो धर्म र कर्मको रुपमा लिएकी छु । यो बस्तीलाई सबैको साझा बस्तिको रुपमा बिकास गर्न सबै तह र तप्कासंग समन्वय र सहकार्य गर्ने कोसिस गरेकीछु । सरकारी, गैर्‍हसरकारी संघसंस्था लगाएत निजी कम्पनी, बित्तिय संघसंथा र बिभिन्न समाजसेवी अनी बुद्दीजिवीहरु मात्र होइन बिभिन्न राजनैतीक दलका अगुवाहरुसंग पनि माझी बस्तिको परिकल्पना बारे छलफल चलाईरहेकी छु । धार्मिक,लै*ङ्गिक र राजनैतीक आग्रह र पूर्वाग्रहलाई मैले कदाची आत्मसाथ गरेकोछैन ।

यतिखेर, माझी बस्तीका दाजुभाईहरु छिट्टै नयाँ घरमा सर्ने योजना बुनिरहेका छन । घर त बनिसक्यो तर त्यहाँ चाहिने अन्य आधारभुत पुर्वाधारहरु बनेका छैनन् । घर वरपरका भिरहरुमा रिटेनिङ्ग वाल लगाउनु पर्नेछ । ढुङ्गा छापेको मौलिक बाटोको योजना छ, खुल्ला रंगमन्च सहितको बाल बगैचा, पानीको फोहोरा, स्वास्थ्य चौकी, सामुदायिक भवन, सार्वजनिक धारा लगाएत मुल प्रेवेशद्वार लगाएतका संरचनाहरुको निर्माण गर्ने काम बाँकिनै छन् ।

यि सबै संरचनाहरुको निर्माणका लागि साँढे ४ करोड लाग्ने अनुमान गरिएको छ । यस्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ करोड ३० लाख सहयोग दिने भएको छ भने अन्य नपुग रकमको जोहो गर्नका निमित्त मैले सक्दो अभियानहरु गरिरहेको छु । यि सबै पुर्वाधारहरुको निर्माण पस्चात् यो बस्ती जिल्लाकै नमुना बस्तिको रुपमा बिकास हुनेमा दुइमत छैन । यि सम्पूर्ण पुर्वाधारहरुको ब्यवस्थापन पस्चात् यस बस्तिमा ‘होम स्टे’ संचालन गरी स्थानियहरुलाई आयआम्दानीको स्रोत खुलाउने योजना पनि छ ।

माझी बस्ती बिकास परियोजनामा सार्वजनिक निजी साझेदारीको अवधारणालाई आ*त्मसाथ गर्दै घर निर्माणको कार्यमा स्थानीयहरुको लगानीलाई पनि अनिवार्य गरे बमोजिम माझी बस्तिका परिवारले लक्ष्मी बैकबाट रिण लिएका छन । त्यो रिणको बोझलाई कम गराउने कार्यमा पनि मैले केही मेहनत गर्नु पर्नेछ ।

अबका केही महिनामै यो बस्तीमा सपूर्ण संरचनाहरुको निर्माण गरी दुलही झै सिंगार्ने हाम्रो योजना छ । यो योजनालाई साकार पार्न म, मेरा सहयोगी हातहरुको खोजिमा हिँडिनै रहेकी छु । मेरा पाइलाहरु निरन्तर अग्रसर भईरहेका छन , हातहरु अझै सकृय भएका छन् , सुन्दर बस्ती निर्माण गर्ने माझिहरुसंगै मैले पनि देखेको सपना अन्तत: साकार हुने बिन्दुमा आईपुग्न लाग्दा आँखाहरु झन बेचैन भएका छन् , मन मस्तिस्क र तन्तुहरु झनझनै उर्जावान भएको महसुस गरेकी छु ।

अत: जबसम्म माझी बस्ती बन्दैन, मलाई मिठो निन्द्रा लाग्ने छैन । म लगाएत ५३ घर माझी परिवारको खुल्ला आँखाहरुले ‘सुन्दर माझी बस्ती’ को स्वप्निल द्रुश्य देखिरहेका छौ, जुन सपना चाँडै पुरा हुँदैछ । आउनुस् हाम्रो यो सपनालाई तपाईंको पनि सपना बनाऔ र यस्लाई साकार बनाउने अभियानमा सहभागी बनौ ।

(Visited 43 times, 2 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु