दुर्लभ घटना : केएमसी अस्पतालमा एक महिलाले जन्माइन् एकै पटक एक ४ बच्चा


काठमाडौं । प्रायजसो १ वा २ सन्तान मात्र जन्मिने गरेको हामीले देख्ने वा सुन्ने गरेका छौँ । एकैपटकमा ३ सन्तानको जन्म भएको खबर केही दिन अगाडी मोरङ्गबाट आएको थियो । सो खबर सेलाउन नपाउँदै एकपटकमा चार जना सन्तानको जन्म दिएको खबर सार्वजनिक भएको छ । सार्वजनिक भएको खबर अनुसार काठमाडौं मेडिकल कलेज (केएमसी)मा एक महिलाले एकैपटक चार शिशु जन्म दिएकी छन् । २७ वर्षीया खगित्रा शाहीले एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको अस्पतालले पुष्टि गरेको छ ।

चार मध्ये तीनजना छोरा र एकजना छोरी रहेका छन् । चम्ल्याहा बच्चाहरु मध्ये तीन जना स्वस्थ्व रहेको अस्पतालले बताएको छ। यसरी चम्ल्यहा बच्चा हुनु दुर्लभ घटना भएको समेत अस्पतालले जनाएको छ ।

अस्पतालकी प्रसुती रोग विशेषज्ञ चन्दा कार्कीका अनुसार आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् ती शिशुलाई जन्माइएको हो।

आज (बुधबार) शल्यक्रियामार्फत जन्माइएको चार मध्ये एक जना शिशुको अवस्था भने अस्थिर देखिएको कार्कीले बताइन्। भनिन्, ‘यो अत्यन्तै दुर्लभ घटना हो। हामी यस्तो केशमा सफल पनि भयौँ।’

केही समयअगाडी मोरङ्गी एक युवतीले तीजना सन्तानलाई जन्म दिएकी थिइन् ।

(Visited 8 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु