झापाका यी बालक जो दिँउसो धरानको गल्ली गल्लीमा फोहोर संकलन गर्छन् रातभर ड्रेनडाईड सुँघेर सडक पेटीमै रात बिताउँछन्


खगेन्द्र घिमिरे (झापा)

झापा सुरुङ्गा लालपानीका एक लुईटेल थर परेका बालक यति बेला धरानको व्यस्त सडकमा धूर्मपान र दुर्वसनीको सँगै दैनिकी काट्दै आएका छन् । सानो उमेर धरान गएर साथीहरुको सँग दुव्र्यसनमा सामेल भएका उनी यो लतबाट छुटन् सकेनन् । उनी घरबाट फेरी भागेर धरान गए अहिले उनको दिन रात सोही धरानको सडक पेटिमा बित्छ । उनी त्यही दुव्र्यसनीका एक प्रयोगकर्ता बनका छन् । घर झापा हो । लाग्छ उनी त्यही नसामा डुबिसकेका छन् ।

उनी त प्रतिनिधी पात्र मात्र हुन उनी जस्ता दजनौ बालबालिका यति बेला धरान उपमहानगरपालिका क्षेत्र भित्र दुव्र्यसनीको सिकार बन्दै गएका छन् । दिन भर गाडी मा वा फोहोर संकलन गर्न खटिन्छ । त्यहाँ बाट आएको पैसा ले धूर्मपान सँगै ड्रेनडाईड सुग्न खर्च गर्ने गदर्छन् । आफुलाई सेवनबाट भोक नलाग्ने गरेको उनीहरु बताउँछन् । अधिकांश बालबालिका दिनै भर यो सेवनले नसा लागिरहेको देख्न सकिन्छ ।

त्यहाँ आएका बालकहरु अधंकांश घर बाट भागेर आएका छन् । उनीहरुको दैनिकी धरानकै गल्ली गल्लतीमा र रातको समय सडकको पेटिमा कट्ने गदर्छ । यस अघि उप महानगरपालिकाले घर फर्काउन बिभिन्न संस्था सँग सहकार्य गरेर गरेको भएपनि पुन भागेर आउने गरेको धरान उपमहानगरपालिका कार्यवहाक प्रमुख मञ्जु भण्डारीले बताईन ।

अन्य जिल्ला सँगै धरानका २ दर्जन बढी बालबालिका यो क्षेत्रमा संलग्न रहेको स्थानीहरुको भनाई छ ।

थप जानकारी तलको भिडियोबाट 

(Visited 18 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु