हिन्दु पचाङ्गअनुसार आश्विन कृष्ण पक्षको एकादशीलाई इन्दिरा एकादशी भन्ने गरिन्छ। पित्रु पक्षमा पर्ने भएकाले यस एकादशीलाई “एकादशी श्राद्ध ” पनि भन्ने गरिन्छ। पितृलाई समर्पित गरिने यस एकादशीमा व्रत बस्दा यमलोकमा वा नर्कमा पीडा वा दण्डित भैरहेका पितृले मुक्ति प्राप्त गरि स्वर्गमा पुग्ने विश्वास छ। यसैगरी यस एकादशीको व्रत बस्दा विगतमा गरेका सम्पूर्ण पापहरु नस्ट हुने विश्वास गरिन्छ।

भगवान विष्णुको आराधना गरि व्रत बसिने यस एकादशीमा शालिग्रामको पूजा गर्ने विधि विधान रहेको छ। हिन्दु मान्यता अनुसार यस एकादशीको व्रत बस्दा यमलोकमा यातनाको सामना गर्नुपर्दैन भने पद्म पुराणका अनुसार पितृ पक्षमा पर्ने यस एकादशीको पुण्य यदि पितृगणलाई समर्पित गर्ने हो भने सम्पूर्ण पितृहरु नर्कबाट मुक्त भई स्वर्गमा बास वा बैकुण्ठ धामको प्राप्ति हुने विश्वास छ। यसैगरि यस एकादशीको दिन विष्णुसहस्रनामको पाठ गर्नु अति उत्तम हुने मान्यता छ।

इन्दिरा एकादशीको पूजा विधि:

यस एकादशीको दिन सबेरै उठी आफ्नो नित्य कार्य पुरागरि स्‍वच्‍छ वस्‍त्र धारण गरि संकल्पका साथ व्रत वस्नु पर्ने विश्वास छ। यसदिन शालिग्रामलाई पुजागर्ने भएकाले शालिग्रामलाई पंचामृत समर्पण गर्नुपर्ने हुन्छ। साथै यसदिन पुजागर्दा पितृलाई स्मरण गरि भगवान विष्णुलाइ पुजाका सामग्री जस्तै धुप, दियो, फलफुल र नैवेद चडाउनु पर्ने धार्मिक विश्वास छ। तुलसी भगवान विष्णुलाई प्रिय भएकाले यसदिन भगवानलाई भोग लगाउदा तुलसीको प्रयोग गर्नुपर्ने विश्वास छ। त्यसैगरी, यसदिन पितृहरुको स्मरण गरी ब्राह्मणलाई खाना खुवाउदा पितृको आत्मा खुशी हुने मान्यता छ।

(Visited 8 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *