मासुको विज्ञापनमा गाईंको फोटोप्रति विभागले माग्यो माफी


काठमाडौं । पशु सेवा विभागले स्वच्छ मासुको प्रचार सामग्रीमा गाईंको तस्वीर राखेकोमा चौतर्फी आलोचना भएपछि क्षमा याचना गरेको छ । विभागले भुलबस उक्त तस्वीर परेको भन्दै क्षमा याचना गरेको हो ।

सरकारी निकायले सार्वजनिक गरेका पोस्टरमा गाईंको तस्वीर राखिएकोमा चौतर्फी विरोध भएको छ । अहिले विभिन्न स्थानमा पठाएका ती पोस्टरहरु फिर्ता ल्याउन शुरुभएको थालिएको बताइएको छ ।

गाईलाई राष्ट्रिय जनावरमात्रै नेपालमा रहेका बहुसंख्यक हिन्दूहरुको पूज्य जनावर पनि हो । तर, विभागले गाईको तस्विरसहित स्वच्छ र स्वस्थ मासु खान गरेको प्रचारले हिन्दू धर्मावलम्बीको मात्रै होइन सम्पूर्ण नेपालीको आस्थामाथि आघात पुगेको छ । केही दिन अघि सुर्खेतमा दशौं गाईको भीरबाट लडाएर निर्मम ह’त्या भएको घटना सेलाउन नपाउँदै सरकारी निकायबाट भएको सो प्रचारको सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ भने मंगलबार अपरान्ह ३ बजे पुल्चोकस्थित हरिहरभवनस्थित विभागको कार्यालय परिसर पुगेर हिन्दु धर्मावलम्बीहरुले बिरोध प्रदर्शन गरेका भएका छन् ।

अपरान्ह ३ बजे पुल्चोकस्थित हरिहरभवनस्थित विभागको कार्यालय परिसर पुगेर हिन्दु धर्मावलम्बीहरुले बिरोध प्रदर्शन गर्ने कुरा सार्वजनिक भएसँगै विभागले त्यसअगाडी नै एक विज्ञप्ती जारी गर्दै सोको क्षमायाचना गरिसकेको छ ।

(Visited 8 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु