संखुवासभामा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गो*ली हानाहान


संखुवासभा, असार १६

संखुवासभाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट भएको छ । सो क्रममा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गो*ली हानाहान भएको छ । सोमबार बिहान ९ बजेको समयमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गो*ली हानाहान भएको प्रहरीले जनाएको हो ।

फायरिङका क्रममा कुनै पनि पक्षको क्षति भने नभएको प्रहरीले जनाएको छ ।विप्लवका कार्यकर्तासँग गो*ली हानाहान भएपछि प्रहरीको टोली तित्तरवित्तर भएको छ।

प्रतिकात्मक तस्विर ।

सिलिचोङ गाउँपालिका – १ मा गस्तीका लागि प्रहरी टोली गएको र फिल्डमा जाँदा सांकेतिक फायरिङ भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले जनाएका छन् । विप्लव कार्यकर्ताले प्रहरीतर्फ फायर गर्दै जंगलतिर भागेको र त्यसपछि प्रहरीले पनि गोली चलाएको जनाइएको छ ।

देशमा यतिखेर नेकपा नेतृत्वको ‘बलियो’ सरकार चलिरहेको छ । दुईतिहाई बहुमतको सरकार बनेसँगै हामीले राजनीतिक स्थिरता प्राप्त गर्‍यौं भनिँदैछ । तथापि, परिस्थितिचाहिँ ‘माओवादी जनयुद्ध’ कालमा जस्तै गोली चल्ने, बम पड्किने र मान्छे मर्ने बाटोतिर मोडिँदैछ । गाउँ-गाउँमा फेरि माओवादीको ‘बिगबिगी’ सुरु भएको छ ।

दशवर्षे द्वन्द्वकालमा ‘माओवादी समस्या’ व्यापक प्रयोगमा आएको वाक्यांश हो । ‘जनयुद्ध’का अभियन्ताचाहिँ माओवादी ‘समस्या’ नभएर ‘समाधान’ हो भन्ने गर्थे । अहिले उनै ‘जनयुद्ध’का अभियन्ताकै लागिसमेत ‘समस्या’ बनेर झुल्किँदैछ दोस्रो संस्करणको माओवादी !

आखिर, ‘नेपोलियन बोनापार्टको अठारौं ब्रुमेर’मा कार्ल मार्क्सले सही भनेका रहेछन्, ‘इतिहासले आफूलाई दोहोर्‍याउँछ, पहिलोचोटि त्रासदीका रुपमा अनि दोस्रोपटक- प्रहसनका रुपमा ।’

(Visited 15 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु