मुन्नीको कालो कोठीले यसरी लोभ्यायो बलेलाई (भिडियो)


काठमाडौं – चर्चित गायक टेकन दाहालको नयाँ गीत सार्वजनिक भएको छ । गायक टेकन दाहालको सुमधुर स्वरमा ‘कालो कोठी’ बोलको गीत आइतबार सार्वजनिक भएको हो । यस गीतमा शब्द र सङ्गीत प्रेम पाण्डेको रहेको छ । शान थापाले निर्देशन गरेको ‘कालो कोठी’ बोलको गीतको भिडियोमा चर्चित हास्यकलाकार सागर लम्साल बले र प्रियना आचार्य मुन्नीको दमदार अभिनय रहेको छ ।

गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी र अर्जुन तिवारी र क्रुलेको छायाङ्कन रहेको छ । गीतको भिडियो भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोमा सागर लम्साल बले र प्रियना आचार्य मुन्नीको दमदार अभिनय देख्न सकिन्छ ।

(Visited 14 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु