सहचालक हुँदा खुट्टा भाँचियो, श्रीमतीसँग मिलेर भैंसी पाल्दा मालामाल भयो


इन्द्र बुढाथोकी
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका -१ सल्लीबजारमा एक अपांग व्यक्तिले भैसीपालन बाट मनग्ये आम्दानी गरेका छन । कुमाख गाउँपालिका -२ खारखोलाका याम बहादुर बुढाकाे जाेडिले सल्लीबजारमा विगत २ वर्ष देखि भैसी पालान गरेर मनग्ये आन्दानी गरेका छन् ।

१३ वर्ष देखि अस्थायी रुपमा सल्लीबजार बस्दै आएका बुढा पहिले गाडीमा सह चालक काम गर्दै आएका थिए । २ वर्ष अगाडि गाडी दुर्घटना हुदा उनको दायाँ खुट्टा भाँचियाे । आफुले सामान्य भैंसी हेर्ने दुध बेच्ने काम गरे पनि श्रीमतीकाे नै काममा मुख्य भुमिका हुने गरेकाे बुढाले बताएका छन ।

ठुला ३ वटा र साना ३ वटा गरि ६ वटा भैंसी पालेकाे उनले बताए । उनले भने, ‘दुईवटा भैसीले अहिले दैनिक १२ लिटर दूध दिने गरेको छ । मासिक २५ हजार सम्म कमाई हुन्छ ।’ अहिले दुध सल्लीबजारमा नै खपत हुने गरेको र बजारको माग अनुसार दूध पुर्‍याउन नसकिएको उनले बताए ।

साथै उनले वार्षिक १२ हजार रुपैया तीन रोपनी जग्गा भाडामा लिएर तरकारी र घाँस खेति गरिरहेको बताए । ‘अहिले आधामा घाँस र आधामा तरकारी खेत गरेका छाैँ, तरकारीबाट मासिक ९ हजारसम्म आम्दानी हुन्छ ।’, अनउले भने ।

भैंसी पालन र तरकारी खेतीबाट गरेर मासिक ३५ हजार बनाउने र छोराछोरी पालन पढाइ खर्च जुटाउन समस्या नभएको उनकाे भनाई छ । आफुले भैंसी पालन र तरकारी खेती नगरेको भए अहिले बजारमै नभएर गाउमै बस्ने समेत वातावरण नबन्ने उनि सुनाउछन् ।

उनले थपे, ‘अहिले नेपालका अधिकांस युवाहरू विदेशको खाडी मुलुकमा भौतारी रहनुभएकाे छ, दैनिक रूपमा कतिका त नेपालमा शव आउने गर्छन्, विदेशमा गएर अंग, भंग हुने गरेको बेला त्यो लगानी लगाएर विदेशको जति दुख आफ्नै देशमा गरेर कृषि खेती गरेमा आफ्नै देश माथि उठ्ने थियाे । त्यसकाे लागि सरकारी तवरबाट पनि वातावरण बन्नु पर्ने उनि बताउछन् ।

(Visited 28 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु