आजदेखि फरक प्रकारको १०० को नयाँ नोट बजारमा


नेपाल राष्ट्रबैंकले नयाँ विशेषतासहित आजदेखि १०० को नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ। बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ/१८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो।

नयाँ नोटमा बायाँ तर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध अग्रेजीमा लेखिएको नयाँ नोट प्रचलनमा ल्याउने भएको हो । पहिलो पटक ३ करोड थान (३ अर्ब रुपैयाँ) का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले नक्कली नोटको बिगबिगी भएपछि नयाँ नोटको विशेष छपाइमा सावधानी अपनाएको छ । पछिल्लो समय छापिएका नयाँ नोटका विशेषतामा व्यापक परिवर्तन गरेको छ । नयाँ नोटमा सुरक्षा धागो, जनावरको चिह्न लगायतमा परिवर्तन गरेको हो। सयको नोटमा अशोक स्तम्भको चित्रसँगै दृष्टिविहीनले छामेर नोट पहिचान गरुन् भनेर एउटा कालो थोप्ला समेत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

(Visited 49 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु