ओम अस्पतालले दिदिको लियो ज्या*न, बहिनि ठाउका ठाउँ यसरि भए बे*होस (भिडियो सहित)


मिर्गौलामा रहेको पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृ*त्यु भएको छ। शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृ*त्यु भएको हो।

अनिताको मृ*त्युपछि आफन्तले अस्पतालमा प्र*दर्शन गरेका छन्। उपचारमा लापरबाही भएको भन्दै आफन्तले प्र*दर्शन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। आ*न्दोलित आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको प्रहरीले जनाएको छ।

पटकपटक उपचारमा आएका बिरामीको मृ*त्यु हुँदापनि अस्पतालले आफ्नो कमजोरी सच्याउन भन्दा आफन्तलाई पैसाले किनेर यथार्थ लुकाउने गरेको छ। आइतबार भएको घ*टनामा पनि अस्पताल प्रशासनले २० लाख दिएर घ*टना गुपचुप पारेको छ भने जेठमा भएको घ*टनामा पनि अस्पतालले परिवारलाई क्ष*तिपुर्ति दिएको थियो ।

यसअघि ३० जेठ २०७६ मा ओम अस्पतालमा उपचारका क्रममा सिन्धुपाल्चोककी रामप्यारी थापाको पित्तथैलीको पत्थरीको शल्यक्रिया गलत गर्दा मृत्यु भएको थियो । यस्तै, १९ साउन २०७४ मा गोरखा आरुघाटकी ५० वर्षीया नन्दकुमारी लामिछाने पत्थरीको उपचारका क्रममा शल्यक्रिया गरेकै दिन मृत्यु भएको थियो ।

ओम अस्पतालले बारम्बार बिरामीको गलत उपचारका कारण मृत्यु भएको भनी आफन्तसँग सहमति गर्दै आफ्नो बचाउ गर्दै आएको छ ।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु