डेंगुभन्दा ३० गुणा बढी मृत्युदर भएको स्क्रब टाइफसका बिरामी ६१ जिल्लामा (कुन जिल्लामा कति?)


काठमाडौं– डेंगु रोग नियन्त्रणमा आइनसक्दे नेपालका ६१ जिल्लामा त्यो भन्दा पनि बढी मृ*त्युदर भएको अर्को रोग फैलिएको छ। डेंगुभन्दा ३० गुणा बढी मृ*त्युदर भएको स्क्रब टाइफसका बिरामी ६१ जिल्लामा देखिएको सरकारको तथ्यांकले देखाएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार साउनदेखि हालसम्म ६ सय ९५ जनामा स्क्रब टाइफस देखिएको छ। स्क्रब टाइफसका कारण हालसम्म ४ जनाको मृत्यु भएको भनिए पनि महाशाखाले भने मृ*तकको संख्या भने सार्वजनिक गरेको छैन।

स्क्रब टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने गर्दछ। यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सुक्ष्म किराले सार्ने गर्दछ। रोगको किटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ। केही बर्ष अगाडी सम्म स्क्र्ब टाइफस धेरै जसो पहाडी र दुर्गम स्थानहरुमा मात्रै देखिदै आहेकोमा हाल शहरी इलाकामा पनि देखिदै आहेको छ।

म्हाशाखाको पछिल्लो तथ्यांक अनुसार यो रोग सबैभन्दा बढी प्रदेश नम्बर ५ मा देखिएको छ। त्यसपछि प्रदेश नम्बर ३ र सुदरपश्चिममा यो रोग बढी देखिएको छ।

नेपालमा भने ‘मुसा ले यो रोग सारेको पाइएको छ। झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त ‘माइट’ झाडीमा सर्ने र सो झाडीमा मानिस जाँदा ‘माइट’ ले मानिसलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ।

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै ज्वरो आउने १०४ डिग्री भन्दा बढि र काम ज्वरो समेत आउन सक्दछ। टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन्। रोग समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा संक्रमण फैलिई बिरामीको मृ*त्यु समेत हुन सक्छ। यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनका अनुसार डेंगुभन्दा तीसौं गुणा बढी मृ*त्युदर भएकाले स्क्रब टाइफसलाई डेंगुभन्दा घातक रोगका रुपमा लिइन्छ। तर सुरुमा नै यसको पहिचान गर्न सके पूर्ण रुपमा निको पार्न सकिन्छ। यो रोगको शुरुवाती चरणमा सामान्य एन्टिबायोटिक औषधि लिए अठ्चालीस घन्टामा ज्वरो तीव्र गतिमा कम हुँदै जान्छ।

लक्षण
१) उच्च ज्वरो आउनु ९१०४ डिग्री फरेनहाइट०।

२) अत्यधिक टाउको दुख्नु।

३) श्वास प्रश्वासमा अभरोध महसुस हुनु।

४) कृत्रिम आवाज सुनिनुरकान बन्द भए जस्तो हुनु।

५) आखा रातो हुनुररसिलो हुनु।

६) शरीरमा दाग ९घाउको कालो पाप्रो० देखिनु वा खटिरा देखिनु।

७० वाकवाकी लाग्नुरबान्ता हुनु।

कुन जिल्लामा कति बिरामी?

कुन जिल्लामा कति बिरामी?

(Visited 18 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु