११ वर्षकी गंगाको जिम्मेवारी एउटी आमाको भन्दा कम छैन, भन्छिन स्कुल त जान मन लाग्छ


पाेखरा ६ असाेज- जाइथलीकी गंगा चेपाङ अहिले ११ वर्षकी भइन् । ११ बर्षमा यति बुझ्नीस् र घर घान्छिन् यी बालिका । उनकाे जिम्मेवारी भने एउटी आमाको भन्दा कम छैन उनको । ४ वर्ष र डेढ वर्षका २ जना बहिनीहरुको हेरचाहमा खटिनुपर्ने बाध्यता छ ।कापी, किताबको झोला बोकेर विद्यालय जानुपर्ने उमेरमा उनी बहिनीहरुको हेरचाहमा बस्न बाध्य छिन् ।

गंगा भन्छिन्, ‘बुबा कुल्ली कामका लागि बाहिर जानुहुन्छ, आमा गाई चराउन र मेलापात गर्न जानुहुन्छ, त्यही भएर बहिनीहरुलाई मैले नै हेरचाह गर्नुपर्छ ।’

फुर्सदको समयमा करिब आधा घन्टा हिँडेर कोलभञ्ज्याङस्थित राष्ट्रिय आधारभूत विद्यालय पुग्छिन् ।चार कक्षामा पढ्दै गरेकी उनी घरको समस्याले नियमित विद्यालय भने जान पाउँदिनन्। स्कु ल त जान मन लाग्छ, तर जानै पाउँदिनँ’, गंगा भन्छिन्, ‘बुबा कुल्ली कामका लागि बाहिर जानुहुन्छ, आमा गाई चराउन र मेलापात गर्न जानुहुन्छ, त्यही भएर बहिनीहरुलाई मैले नै हेरचाह गर्नुपर्छ ।’

घरमा अभिभावकको चेतनास्तर कमजोर हुनुले गंगाले पढ्न मन भएर पनि नियमित विद्यालय जान सकेकी छैनन् । घरको आर्थिक स्थिति बलियो नहुँदा कापीकलम किन्ने पैसा नभएकोले मन भएर पनि राम्रोसँग पढ्न नपाएको उनले गुनासो गरिन् । पढ्ने वातावरण नभएकै कारण उनको पढाइ बीचैमा छुट्ने सम्भावना बढ्दै गएको छ ।

‘आमा मेलापातमा जाँदा गाई चराउन र घाँसदाउराका लागि जंगल पनि जानुपर्छ’, उनी भन्छिन् ।

कसैले पढाइदिने जिम्मा लिए पढ्न जाने उनको सोच छ । घरमा आमाबुबाले के भन्नुहुन्छ भन्ने अर्को चिन्ता छ उनलाई । ‘आमा मेलापातमा जाँदा गाई चराउन र घाँसदाउराका लागि जंगल पनि जानुपर्छ’, उनी भन्छिन् । जसोतसो कक्षा ५ सम्मको पढाइ पूरा गरे पनि त्यसपछि पढ्ने ठाउँ नै छैन ।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु